सार्क विकास कोष र सेभ द चिल्ड्रेनद्वारा समावेशी बाल विकास र आधारभूत शिक्षाको क्षेत्रीय परियोजना सुरु

सार्क विकास कोष र सेभ द चिल्ड्रेनद्वारा समावेशी बाल विकास र आधारभूत शिक्षाको क्षेत्रीय परियोजना सुरु

शुक्रवार, असार ६ २०८२
शुक्रवार, असार ६ २०८२
  • सार्क विकास कोष र सेभ द चिल्ड्रेनद्वारा समावेशी बाल विकास र आधारभूत शिक्षाको क्षेत्रीय परियोजना सुरु

    काठमाडौँ/  सार्क विकास कोष (SDF) र सेभ द चिल्ड्रेनको सहकार्यमा “गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाका लागि साझेदारी” नामक तीन वर्षे क्षेत्रीय परियोजना आज सार्क सचिवालय, काठमाडौँमा एक औपचारिक कार्यक्रममार्फत सुरु गरिएको छ।

    नेपाल र भूटानमा लागू गरिने उक्त परियोजनाको कुल लागत ४.७९ मिलियन अमेरिकी डलर रहेको छ। परियोजनाले सम्बन्धित सरकारहरू, स्थानीय समुदाय, शिक्षक, सहजकर्ता तथा ३ देखि १२ वर्ष उमेर समूहका बालबालिकाहरूसँग सहकार्य गर्दै समावेशी र गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

    कार्यक्रममा सार्क महासचिव महामहिम मोहम्मद गोलाम सर्वारले परियोजनाले राष्ट्रिय प्राथमिकता तथा सार्कको गरिबी निवारण योजनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “यसले साझा चुनौती भोगिरहेका अन्य सार्क राष्ट्रहरूमा पनि यस्ता पहल सुरु गर्न प्रेरणा दिनेछ।”

    सार्क विकास कोषका अफिसर–इन–चार्ज इरोशा कूरेले यस परियोजना सामाजिक विकास र क्षेत्रीय एकता प्रवर्द्धन गर्ने कोषको लक्ष्यसँग मेल खाने उल्लेख गर्दै समावेशी शिक्षाको सुनिश्चितताका लागि सहकार्य गर्न पाउँदा सन्तुष्टि व्यक्त गर्नुभयो।

    sarce.jpg

    नेपालमा परियोजना विशेषगरी मधेश प्रदेशमा केन्द्रित हुनेछ। हालैको एक अध्ययनले महोत्तरी र सर्लाही जिल्लामा बाल विकासका सूचकहरू कमजोर रहेको र ५३% भन्दा बढी जनसंख्या निरक्षर रहेको देखाएको छ।

    सेभ द चिल्ड्रेन नेपाल तथा भूटानकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले अपांगता भएका बालबालिकाको समावेशी शिक्षामा ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गर्दै भनिन्, “शिक्षा सबैका लागि हो, र हामी कुनै पनि बालबालिकालाई वञ्चित हुन नदिने संकल्पमा छौँ।”

    परियोजनाले कक्षाकोठा निर्माण तथा जीर्णोद्धार, खानेपानी र सरसफाइ पूर्वाधार स्तरोन्नति, घरायसी पुस्तकालयमार्फत साक्षरता प्रवर्द्धन, शिक्षक र अभिभावक तालिम, अपांगता पहिचान परीक्षण तथा सहायक उपकरणहरूको व्यवस्था जस्ता कृयाकलापमा प्राथमिकता दिनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com