images

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनको सेवामा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनको सेवामा विशेष छुट

आइतवार, साउन ११ २०८२
आइतवार, साउन ११ २०८२
  • images
    images
    एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनको सेवामा विशेष छुट

    एनआईसी एशिया बैंक र लिजा इन्टरप्राइजेज प्रा.लिबीच बैंकका ग्राहकहरूलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनको सेवामा विशेष छुट उपलब्ध गराउन सम्झौता भएको छ । 

    सो सम्झौतापछि यस बैंकका ग्राहकहरूले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    ग्राहकहरूले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।  

    यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नु पर्नेछ । 
    लिजा इन्टरप्राइजेजसँगको उक्त सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय