पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी, ९०० कैदीबन्दी भागे

पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी, ९०० कैदीबन्दी भागे

बुधवार, भदौ २५ २०८२
बुधवार, भदौ २५ २०८२
  • images
    images
    पोखराका अधिकांश कार्यालयमा तोडफोड तथा आगजनी, ९०० कैदीबन्दी भागे

    गण्डकी / जेनजी आन्दोलनका कारण गण्डकी प्रदेशको राजधानी पोखरामा मङ्गलबार अधिकांश सरकारी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ । पोखरामा दिनभर कर्फ्यू आदेश भए पनि आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका थिए । 

    प्रदर्शनका क्रममा पोखरा महानगरपालिका, मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, गण्डकी प्रदेश सभाको कार्यालय, मुख्यमन्त्रीको कार्यालय तथा निवास, महानगरपालिकाका विभिन्न वडा कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् ।

    आन्दोलनकारीकै सहयोगमा कास्की कारागारमा भएका सबै कैदीबन्दी भागेका छन् । उक्त कारागारमा करिब ९०० कैदीबन्दी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।  

    त्यस्तै प्रदर्शनकारीले यहाँस्थित भाटभटेनी सुपर मार्केट, विभिन्न सरकारी गाडीका साथै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निवास, सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको निवासलगायतमा पनि आगजनी एवमं तोडफोड गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय