सुनको मूल्यमा रेकर्ड ब्रेक, अब प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा रेकर्ड ब्रेक, अब प्रतितोला कति पुग्यो ?

मंगलवार, भदौ ३१ २०८२
मंगलवार, भदौ ३१ २०८२
  • images
    images
    सुनको मूल्यमा रेकर्ड ब्रेक, अब प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / मङ्गलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मूल्य आकाशिएसँगै सुनको मूल्यले बजारमा पुनः नयाँ रेकर्ड बनाएको छ । 

    सोमबारको तुलनामा आज छापावाल सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको हो । यससँगै आज छापावाल सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    सोमबार बजारमा छापावाला सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

    गत आइतबार कायम २ लाख १५ हजार ८०० रुपैयाँको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।

    त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । 

    आज चाँदी तोलामा २ हजार ५९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सोमबार भने यो मूल्य २ हजार ५७५ रुपैयाँ कायम थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय