काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा मिति २०८२ साल असोज २४ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको छ।
साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।
सभाले आ.व. २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश पारित गरेको छ।
त्यसैगरी, सभाले लेखा परीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य सम्बन्धित वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।
साथै, आगामी चार वर्षका लागि सञ्चालक समिति चयन गर्दा संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।
सभाले आ.व. २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्न बैंकको लेखा परीक्षण समितिको सिफारिस अनुसार एन।बी।एस।एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
शेयरधनीहरूका जिज्ञासाको जवाफ दिँदै बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले संस्थाको प्रगति, लाभांश वितरण र आगामी योजना सम्बन्धी जानकारी दिएका थिए।
प्रमुख कार्यकारी अधिकृत थकालीले बैंकले निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्न सफल हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि संस्थालाई दिगो बनाई शेयरधनीलाई प्रतिफल प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन्।

.gif)
.gif)
.gif)


