काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७८.८३ अङ्कले घटेर दुई हजार ५०३.३५ को बिन्दुमा कायम भएको छ । यो ३.०५ प्रतिशतको गिरावट हो ।
आज ३२४ कम्पनीको एक करोड ४३ लाख ६४ हजार ६८२ कित्ता सेयर ६७ हजार २०२ पटक खरिद बिक्री हुँदा रु. छ अर्ब ७० करोड ७२ लाख ४५ हजार २६६ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा २४२ कम्पनीको सेयर मूल्य घट्दा नौ वटाको मात्रै बढेको हो । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूह ४.८४ र अन्य समूह ४.७९ प्रतिशतले घटेको छ ।
बैंकिङ २.३०, विकास बैंक २.९३, वित्त ३.६७, जलविद्युत् ३.९७, लगानी ३.१३ र जीवन बिमा समूह २.५५ प्रतिशतले घटेको छ ।
त्यस्तै, उत्पादन तथा प्रशोधन १.९४, लघुवित्त २.८८, म्युचुअल फन्ड ०.९९, निर्जीवन बिमा २.३२ र व्यापार समूह २.८५ प्रतिशतले घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य आज सबैभन्दा बढी ६.०१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी बुटवल पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा ९.२७ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योेरेन्स कम्पनी लिमिटेडको रु.३८ करोड सात लाख ४७ हजार ७२ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको सात लाख २६ हजार ६७३ कित्ता सेयर किनबेच भएको छ ।

.gif)
.gif)
.gif)


