images

ग्राहकलाई खातामा इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

ग्राहकलाई खातामा इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

आइतवार, असोज २६ २०८२
आइतवार, असोज २६ २०८२
  • images
    images
    ग्राहकलाई खातामा इमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

    काठमाडौँ / एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा रहेको इमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। 

    बैंकले गतिशील बैंकिङ सेवाको अभ्यासलाई अझ सशक्त बनाउन र ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले इमेल ठेगाना अद्यावधिक आवश्यक रहेको जनाएको छ।

    बैंकका अनुसार ग्राहकहरूले बैंकको वेबसाइटमार्फत भिडियो केवाईसी सेवा प्रयोग गरी वा मोबाइल बैंकिङ एपमा रहेको ‘माइ प्रोफाइल’मा गएर ‘चेन्ज इमेल’ विकल्प छनोट गरी आफ्नो इमेल ठेगाना सजिलै अद्यावधिक गर्न सक्नेछन्। 

    साथै, ग्राहकहरूले नजिकैको कुनै पनि शाखा कार्यालयमा गएर पनि इमेल अद्यावधिकका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    इमेल ठेगाना अद्यावधिक नगरेका ग्राहकहरूले बैंकसँग सम्पर्क गरी जानकारी लिन अनुरोध गरिएको छ। 

    एनआईसी एशिया बैंकले ग्राहकहरूलाई समयमै इमेल ठेगाना अद्यावधिक गरी बैंकिङ सेवाको निरन्तर सुविधा उपभोग गर्न आग्रह गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय