images

नेपाली सेनाको ९ महिना सैन्य तालिम समापन

नेपाली सेनाको ९ महिना सैन्य तालिम समापन

सोमवार, असोज २७ २०८२
सोमवार, असोज २७ २०८२
  • images
    images
    नेपाली सेनाको ९ महिना सैन्य तालिम समापन

    काठमाडौँ / नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालन भएको सैन्य आधार तालिम आज, आश्विन २७, २०८२ मा समापन भएको छ। 

    तालिम समापनका अवसरमा आयोजित अन्तिम दलेल कवाज कार्यक्रममा सैनिक जवानहरूले आफ्नो दक्षता र अनुशासनको प्रदर्शनी गरेका थिए।

    नेपाली सेनाका १९ विभिन्न तालिम केन्द्रमा सञ्चालन भएको ९ महिनाको सैन्य आधार तालिम सफलतापूर्वक सम्पन्न गरी २,४५१ जना सैनिकहरू दीक्षित भएका छन्। यसमा २,१०२ जना पुरुष र ३४९ जना महिला सैनिकहरू समावेश छन्।

    समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाह सहित तालिम केन्द्र, पृतना, बाहिनी तथा गणरगुल्मका प्रमुख अधिकृतहरूले अन्तिम दलेल कवाज निरीक्षण गर्नुभएको थियो। यसै अवसरमा उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार पनि प्रदान गरिएको थियो ।

    तालिमको अन्तिम कार्यक्रममा जिल्लास्थित जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, नवनियुक्त सिपाहीका परिवारजन र स्थानीय सञ्चारकर्मीहरू उपस्थित थिए।

    यस सैन्य तालिमले नेपाली सेनाका नयाँ जवानहरूलाई अनुशासन, युद्धकौशल र राष्ट्रिय सेवा क्षमतामा प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय