Logo
आइतवार, आश्विन ३१ गते २०७८
images
आश्विन ३१ गते २०७८
images
images
images

ब्रिटिस कलेजद्वारा नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ओरिन्टेसन कार्यक्रम 


२०७७ चैत्र, ८ आइतवार
  • 950
    SHARES

  • ब्रिटिस कलेजद्वारा नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ओरिन्टेसन कार्यक्रम 

    काठमाडौँ / थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना हुन आउने विद्यार्थीहरूको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा  मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    images

    लाजिम्पाटस्थित -याडिसन होटलमा सो कार्यक्रम आयोजना भएको हो । बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका  विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । 

    कोभिड– १९ को महामारीको कारण सन् २०२० मा धेरै कठिनाईहरु भोगेपनि कलेजले गुणस्तीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेन । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यक्रमको आयोजना गरेको हो । 

    नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरूलाई प्रभावकारी ढङ्गले अनलाइन शिक्षा प्रदान गर्दै आइरहेको छ । 

    सो समयमा कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभइ बिभिन्न सेसनहरू, वेभिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो । कलेजका एशोसियट डिन अरुणलाल जोशीले आफ्नो स्वागत मन्तव्य राखेका थिए । 

    उनले कोभिड– १९ को अवस्था  अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गराएका थिए । साथै, उनले यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कलेजद्वारा कुनै पनि सम्झौता नहूने प्रतिबद्धता स्वागत मन्तव्यमा गरे ।

    कार्यक्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा विभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

    औपचारिक कार्यक्रमको समापन बिबिए प्रोगाम लिडर सौरभ सत्यालले गरेका थिए । 

    कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । एड्मिसन तथा मार्केटिङ विभागका प्रमुख अमरदिप मण्डलले हाल बिबिए, बिएचएम र बिएस्सी कप्युटिङको भर्ना कार्यक्रम अझै चलिरहेको जानकारी दिए । उनले भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए । 

    हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्कदेखि स्यानिटाइजर सम्मका सबै प्रविधिहरू  प्रयोग भएका थिए । त्यसैगरी  कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

     

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images