कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता, फुटसल लिगका लागि प्रायोजन गर्ने 

कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता, फुटसल लिगका लागि प्रायोजन गर्ने 

अर्थ डबली
शनिवार, भाद्र १९ २०७८
अर्थ डबली
शनिवार, भाद्र १९ २०७८ (अर्काइभ बाट)
  • कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता, फुटसल लिगका लागि प्रायोजन गर्ने 

    काठमाडौँ / कुजु नेपाल प्रा.लि.ले शंखमुल फुटसललाई पहिलो राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगिताका लागि प्रायोजन गर्ने भएको छ । आगामी असोज २ गतेदेखि असोज २३ गतेसम्म पोखरामा हुने सो प्रतियोगितात्मक फुटसल लिगमा कुजु नेपालले शंखमुल फुटसललाई प्रायोजन गर्ने भएको हो । 

    images
    images

    प्रायोजनका लागि कुजु नेपाल र शंखमुल फुटसलबीच सम्झौता भएको हो । एन्फा फुटसलका प्रमुख विनोद गुरुङ्गको प्रमुख आतिथ्यतामा कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डे र शंखमुल फुटसलका प्रमुख निर्देशक नरेश अवालेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

    प्रकाश परियारको प्रशिक्षणमा रहेको शंखमुल फुटसलको टिममा १७ खेलाडी रहेका छन् । कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र सम्राट पाण्डेले शंखमुल फुटसलसँग सहकार्य गर्न पाउँदा खुशी भएको बताए ।  

    कुजु नेपालले शंखमुल फुटसललाई प्रमुख प्रायोजन गर्ने भएको हो । कुजु नेपालले शंखुमल फुटसललाई २ लाख नगद सहित अन्य आवश्यक सामाग्री प्रायोजन गर्ने जनाएको छ । कार्यक्रममा कुजु नेपालले प्रायोजन गरेको खेलाडीले लगाउने जर्सी समेत सार्वजनिक गरिएको थियो । 

    कुजु नेपाल अन्तर्गत दरबारमार्गमा रहेको ओपिएम रेष्टुरेण्ट, डि.एफ.एस.के मोटर्स.र याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर सञ्चालनमा रहेका छन् । कुजु नेपालले सन २०१८ देखि नेपाली बजारमा चाइनिज ब्राण्ड डि.एफ.एस.के का कार र यही सालदेखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको छ । 

    शंखमुल फुटसल राष्ट्रिय लिग च्याम्पियनसिप जित हाँसिल गरिसकेको टिम हो । शंखमुल फुटसल यस वर्ष पनि आफ्नो जितलाई निरन्तरता दिन आक्रामक तयारी गरिरहेको प्रशिक्षक प्रकाश परियारले बताए ।

    एन्फा अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने प्रतियोगितामा देशैभरिबाट १० टिम छनौट भएका छन् । खेल विजेताले १० लाख रुपैयाँको पुरस्कार पाउने छन् । यस प्रतियोगिताको खेलबाट उत्कृष्ट खेलाडीलाई राष्ट्रिय टिममा समेत छनौट गरिने जनाइएको छ । 

    साताको लोकप्रीय