आइएमई लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा सम्पति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा सम्पति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

अर्थ डबली
आइतवार, बैशाख १० २०८०
अर्थ डबली
आइतवार, बैशाख १० २०८० (अर्काइभ बाट)
  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा सातै प्रदेशमा सम्पति शुद्धिकरण सम्बन्धी तालिम सम्पन्न

    काठमाडौँ /आइएमइ लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ । 

    images
    images

    यसै सिलसिलामा मिति २०८० बैशाख ७ गते बिहीबार सो सम्बन्धि तालिम सम्पन्न गरेको छ । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो ।

    अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । 

    कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिस्तृत प्रशिक्षण गराएका थिए ।

    गैर कानूनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धिकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के के हुन, रिर्पोटिंग कसरी गर्ने आदि बिषयमा बिस्तृत जानकारी दिइएको थियो । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री कवि फुयालले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले सम्पत्ति शुद्धिकरण प्रक्रिया र औचित्य बारेमा प्रकाश पारे ।

    साताको लोकप्रीय