काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैङ्कले नेपालगन्ज शाखा, बाँकेका लागि बरिष्ठ अधिकारी/सहायक प्रबन्धक पदमा दरखास्त आह्वान गरेको छ । बैङ्कले एक सूचना जारी गर्दै ७ बर्षको बैङ्किङ अनुभव भएको, तथा विकास बैङ्कको शाखा व्यवस्थापनमा काम गरेको अनुभवी १ जनाका लागि दरखास्त मागेको हो । यसका लागि स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ४० बर्षभन्दा कम उमेरका महिला तथा पुरुषले उक्त पदका लागि दरखास्त दिन सक्नेछन् । योग्यता पुगेका इच्छुक उम्मेदवारले पुस १८ गतेसम्म उक्त पदका लागि आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।