images
images

सुपर त्रिशुलीको ड्यामले राफ्टिङ क्षेत्र संकटमा, पर्यटन क्षेत्रको अर्बौ रुपैयाँ लगानी डुब्ने खतरा !

सुपर त्रिशुलीको ड्यामले राफ्टिङ क्षेत्र संकटमा, पर्यटन क्षेत्रको अर्बौ रुपैयाँ लगानी डुब्ने खतरा !

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • सुपर त्रिशुलीको ड्यामले राफ्टिङ  क्षेत्र संकटमा, पर्यटन क्षेत्रको अर्बौ रुपैयाँ लगानी डुब्ने खतरा !

    काठमाडौं/  सुपर त्रिशुली जलविद्युत आयोजनाको फिस्लिङस्थित बुटटारमा पर्ने ड्यामका कारण त्रिशुली नदिको र्याफटिङ पेशा संकटमा परेको छ।

    images
    images


     विश्वकै उत्कृष्ट राफ्टिङ  क्षेत्र त्रिशुली नदिको उक्त आयोजनाको ड्यामका कारण पर्यटन क्षेत्रको व्यवसाय पलायन हुन लागेको सरोकारवालाहरुले बताएका छन् । गोर्खाको बुटटार र चितवन को फिस्लिङस्थित पर्ने १०० मेगावाट क्षमताको आयोजना शुरु भइरहेको छ । 

    त्रिशुली नदिको जल पर्यटनलाई आधार बनाएर खुलेका अबौं रुपैयाँको लगानी खेर जाने स्थिति देखिएको छ नै, नदि किनारासँग जोडिएको सभ्यता संस्कृति विशेषगरी राफ्टिङ पर्यटन नै मासिने देखिन्छ । 

    जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को प्रतिबेदन नै झुटो बनाएको सरोकारवालाहरुले बताएका छन् । झुटो विवरण पेश गरेर आयोजना अघि बढाइरहेको उनीहरुको आरोप छ ।
     नेपाल एसोसिएसन राफ्टििङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारीका अनुसार त्यस क्षेत्रमा जल पर्यटनलाई आधार मानी बनाइएका करोडौं लगानीका रिसोर्ट, होटल, राफ्टििङ कम्पनीका अर्बाैं रुपैयाँ डुब्ने निश्चित भएको छ ।


     नाराको डाटा अनुसार मुलुकभर करिब ९१ ओटा राफ्टिङ  व्यवसायहरु छन् जस अन्तर्गत ३५ सय बढि गाइडहरु छन् । ८० प्रतिशतभन्दा बढि राफ्टिङ त्रिशुली नदिमै हुने गर्दछ । फिस्लिङस्थित बुटटार त्रिशुली राफ्टिङको मुटु क्षेत्र हो । त्यहाँ जलविद्युत आयोजनाको ड्याम बन्दा राफ्टिङ व्यवासायसँगै जोडिएका सायौं व्यवसाय लोप त हुने खतरा देखिन्छ ।

    rafnepal.JPG

     फिस्लिङदेखि मुनी चितवनसम्मै ड्याम फुटेर आउन सक्ने बाढीको जोखिम पनि छ । 
    नुवाकोट जिल्लाको देबीघाटदेखि चितवनको देवघाटसम्मै त्रिशुली नदि राफ्टिङका लागि मदर रिभरका नाउँले चिनिन्छ ।  रिभर टुरिजममा विकसित यस क्षेत्रमा कसरी आयोजनाले स्वीकृति पायो स्थानियदेखि व्यवसायीहरु नै अचम्मित छन् । 

    राज्यले जलविद्युतलाई प्राथमिकतमा राखेर अघि बढिरहँदा जलपर्यटन र यससँग सरोकार राख्ने विषयहरुको ख्याल नगरेको विज्ञहरुको आरोप छ । हाइड्रोको हाउगुजीले राफ्टििङ सकिदै गएको अध्यक्ष अधिकारीले उल्लेख गरे । उनका अनुसार संसारमै प्रसिद्ध कालीगण्डकी कर्णालीलगायत क्षेत्रमा पनि राज्यले जल पर्यटन, पर्यावरणलाई ध्यान दिन सकेन ।
     नदि संरक्षणमा लागि परेका मेघ बहादुर आलेका अनुसार नेपालको ब्राण्डका रुपमा विश्वमा राफ्टिङ पनि चिनिन्थ्यो तर, राज्यले नै ध्यान दिन सकेन । त्रिशुलीको सभ्यता विविधता, संस्कृति र पर्यावरण नै खतरामा परेको उनले बताए । ‘जहाँ पायो त्यहिँ ड्याम हाल्दै हिँड्दा राफ्टिङ विश्व ब्राण्डबाट मेटिदै गएको छ’, उनले भने, ‘मलाई नै नसोधी वातावरणिय प्रभाव मूल्याङकन प्रतिबेदनमा मेरो नाउँ कसरी उल्लेख भयो ? कसले दियो उनले प्रश्न गरे । 


    नदि संरक्षण अभियान्ता आले करिब ३५ वर्षदेखि राफ्टिङ क्षेत्रमा पनि आवद्ध छन् । यस्तै आरोप नाराका अध्यक्ष अधिकारीको पनि छ । इआइएमा थाहै नपाई आफ्नो नाम राखिएको उनले बताए । यसले वातावरणिय प्रभाव मूल्याङकनको प्रतिबेदन नै झुटो पेश गरेर आयोजना अघि बढाइएको ठहर हुन्छ, उनले भने, जलक्षेत्रका व्यवसायी उद्योगी पनि प्रभावित नहुने गरी स्थानिय क्षेत्रको पहिचान विकासलाई पनि मध्येनजर गरी बाटो खोज्नुपर्दछ । छलेर÷ढाँटेर बनाएका यस्ता निर्माणले हाम्रो पर्यावरण प्रकृति नै असरमा पर्ने उनले बताए । 

    trishuli rafting.JPG

    विकास निर्माणका नाउँमा झुटो प्रतिबेदन बनाएर प्रकृति दोहन गर्न नमिल्ने स्थानिय तथा सामाजिक अभियान्ता बासुदेव डल्लाकोटीको धारणा छ । आयोजनाको घोर विरोध गर्दछु, उनले भने, दीर्घकालिन लाभहानीको आधारमा निर्माण बढाउनुपर्दछ । विकासको नउँमा विनास गर्न पाईदैन । 

    त्रिशुलीमा राफ्टिङ  ५० वर्षअघिदेखि शुरु भएको मानिन्छ । त्रिशुली नदि विश्वमै र्यापिड (भंगालो), बटर फ्लाइ, लाइटिनिङ, मनसुन लगायत नाउँले प्रख्यात छ । विश्वका राफ्टिङ क्रेजी पर्यटकहरु नेपालको त्रिशुली नदि मूख्य रोजाइमा पर्ने गरेको नाराका अध्यक्ष अधिकारीले बताए  । ‘विश्वमै माउन्टेरिङपछि राफ्टििङ मूख्य डेस्टिनेसनमा नेपाल पर्ने गरेको छ, उनले भने । 

    अहिले इआइएको विवरण नै झुटो बनाएर पेश गरेको आरोपमा नाराले अख्तियार दुरुपयोग अयोग, विद्युत विकास निगम, पर्यटन मन्त्रालय  र बागमती प्रदेशका मूख्यमन्त्री कार्यलयलगायत सम्बिन्धत क्षेत्रमा उजुरीसमेत गरिसकेको छ । 

    यता आयोजनाले भने ड्याम निर्माणका लागि आफ्नो कार्य पनि अघि बढाइसकेको छ । आयोजना अघि नबढाउन यहि फागुन १२ गने भोलि फिस्लिङमै विभिन्न सरोकारवाला संस्था तथा स्थानियहरुले नागरिक सुनुवाइ कार्यक्रम गर्दैछ । 

    *तस्वीर परिवर्तन

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार