images
images

दोस्रोपटक गृह प्रशासन सम्हालेका रवि लामिछानेले दिए हड्पिएका सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन

दोस्रोपटक गृह प्रशासन सम्हालेका रवि लामिछानेले दिए हड्पिएका सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • दोस्रोपटक गृह प्रशासन सम्हालेका रवि लामिछानेले दिए हड्पिएका सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन
    काठमाडौँ / सञ्चारकर्मीका रूपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका छन् । 
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहेका उनी नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त भएका हुन् ।
     
    सर्वोच्चको आदेशसँगै उनको सांसद पदसमेत खारेज भएको थियो । गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट ५४ हजार एक सय ७६ मत प्राप्त गरी विजयी भएका उनले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका थिए । 
     
    करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लागेका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गरेका थिए । 
     
     ग्यालेक्सी टेलिभिजनमा काम गर्दागर्दै उनी पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका थिए । 
    त्यसलगत्तै उनले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थिए । 
     
    सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व कीर्तिमान कायम गरेपछि उनी चर्चामा आएका थिए । 
     
     कुनै बेला टेलिभिजन कलाकारितामा सक्रिय उनले न्युज २४ मा लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ प्रस्तुत गरेका थिए । 
     
    बेथिती, विसङ्गतिविरुद्ध कडा प्रस्तुति हुने उक्त कार्यक्रम जनताले निकै रुचाएका थिए । 
     
    दोस्रो पटक गृह प्रशासनको नेतृत्व सम्हाल्न पुगेएका उपप्रधानमन्त्री लामिछानेका अगाडि प्रधानमन्त्री दाहालको निर्देशनमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीले थालनी गर्नुभएको सुधारका कार्यलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था छ ।
     
    हड्पिएका सरकारी जग्गा फिर्ता ल्याउन निर्देशन
     
    उपप्रधान एवं गृहमन्त्रीको रूपमा जिम्मेवारी पाए लगत्ते मन्त्री लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन् । 
     
    गृह मन्त्रालयमा आज पदबहाली गर्दै उनले व्यक्ति तथा संस्थाले हड्पेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए । 
     
     
    उनले कर्मचारीलाई निर्देशन दिँदै भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।”
     
    गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिए। “नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला”, उनले भने ।
     
    राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुगेका उनलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु आर्याललगायत उच्च अधिकारीले स्वागत गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार