images
images

टेलिकमको टेलिफोन सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नती

टेलिकमको टेलिफोन सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नती

बिहिवार, चैत २२ २०८०
बिहिवार, चैत २२ २०८०
  • images
    images
    टेलिकमको टेलिफोन सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नती

    काठमाडौँ / नेपाल टेलिकमले दूरसञ्चार कार्यालयले आधारभूत टेलिफोन सेवालाई फाइबर टू दी होम प्रविधिमा स्तरोन्नती गरेको छ । टेलिकमको सुन्धारास्थित कार्यालयको क्षेत्राधिकार भित्र पर्ने सम्पूर्ण स्थानहरूमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई फाईबर टू दी होम प्रविधिमा स्तरोन्नती गरिएको हो । 

    images
    images

    बिहीबार दूरसञ्चार कार्यालय सुन्धारामा आजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कपर प्रविधिको टेलिफोन सेवाको स्वीच अफ गरी यो सेवा बन्द गरेकी हुन् । 

    कपर प्रविधिबाट वितरित टेलिफोन तथा ए.डि.एस.एल. लाईनहरू पूर्ण रूपमा आधुनिक फाइबर प्रविधिको  FTTH नेटवर्कमा Migration कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको हो ।  

    उक्त कार्यक्रममा प्रमुख अतिथी तथा कम्पनीका प्रबन्ध निर्देशक अर्यालले टेलिकम क्षेत्रमा प्रविधि रुपान्तरण आवश्यक रहेकोले त्यसैको निरन्तरता तथा समयको माग अनुरुप पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रूपान्तरण गरिएकोमा खुशी व्यक्त गरे । 

    FTTH प्रविधिमा Migration भइसकेपछि ग्राहकले अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट तीव्र गतिको इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा समेत प्राप्त गर्न सक्ने भएकोले यो सेवा ग्राहकहरुका लागि फलदायी हुने विश्वास कम्पनीको रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार