चर्चित समाचार
  • सौन्दर्य र स्वास्थ्यका लागि दाँतको सुरक्षा अत्यावश्यक, यस्ता छन् दाँतलाई सुरक्षित राख्ने उपायहरू

    सौन्दर्य र स्वास्थ्यका लागि दाँतको सुरक्षा अत्यावश्यक, यस्ता छन् दाँतलाई सुरक्षित राख्ने उपायहरू

    आइतवार, बैशाख २ २०८१
    आइतवार, बैशाख २ २०८१
  • सौन्दर्य र स्वास्थ्यका लागि दाँतको सुरक्षा अत्यावश्यक, यस्ता छन् दाँतलाई सुरक्षित राख्ने उपायहरू

    दाँतले शरीरलाई स्वस्थ राख्नको लागि सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ । किनभने सही तरिकाले चपाएको खानाले मात्र स्वास्थ्य राम्रो राख्छ। त्यसैले स्वास्थ्यको रक्षा गर्न दाँत बलियो बनाउन आवश्यक छ । 

    अमेरिकाको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सीडीसीको प्रतिवेदनअनुसार ६ देखि ८ वर्ष उमेर समूहका ५२ प्रतिशत बालबालिकाको दाँतमा समस्या हुन्छ। १२ देखि १९ वर्ष उमेर समूहका करिब ५७ प्रतिशत किशोर किशोरी यस समस्याबाट ग्रसित छन् । 

    २० वर्ष वा सोभन्दा माथिका वयस्कहरूमध्ये करिब ९० प्रतिशतलाई कुनै न कुनै समयमा क्याभिटीजको समस्या देखिएको छ र यसको मुख्य कारण भनेको गलत खाने बानी हो। 

    यसको मतलब हाम्रो दाँतको स्वास्थ्यमा आहारले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ। अमेरिकामा जस्तै हामी पनि अहिले धेरैजसो प्रशोधित खाना खाइरहेका छौँ। 

    यसबाहेक सोडा, कृत्रिम मिठास, अत्याधिक नुन र भिनेगर आदि हाम्रो आहारमा समावेश हुन थालेको छ जसका कारण हाम्रो दाँतको स्वास्थ्य पनि दिनप्रतिदिन बिग्रँदै जान थालेको छ । 

    यी खानेकुराले हाम्रो दाँतलाई कसरी हानी गर्छ, र दाँतलाई यसको प्रभावबाट कसरी जोगाउन सकिन्छ भन्ने विषयमा हामीले चर्चा गरेका छौँ । 

    यस्ता खानेकुराले हानि पुर्याउँछ

    जब तपाईं चिनीयुक्त खानेकुरा वा पेय पदार्थहरू उपभोग गर्नुहुन्छ, तपाईंको दाँतमा बाँकी रहेको चिनीको अवशेषले हानिकारक ब्याक्टेरियाहरूको लागि भोजनको रूपमा काम गर्दछ।

    यसले इनामेल ९दाँतको सुरक्षात्मक आवरण०लाई नोक्सान गरेर खोल्टोहरू बनाउँछ। 

    नुनले इनामेललाई सिधै ँहानी गर्दैन, तर यसको अत्याधिक सेवन दाँतका लागि हानिकारक हुन्छ। 

    रोटी, बिस्कुट र केक जस्ता पीठोबाट बनेका  चिल्लो खानेकुरामा कार्बोहाइड्रेट बढी हुन्छ।

    यस्तो अवस्थामा, यो लामो समयसम्म दाँतमा रहन्छ र प्लाक निर्माणमा योगदान पुर्‍याउँछ (बाँचेको खानाको कण र लारबाट बनेको टाँसिने पदार्थ)। 

    जब यो प्लाक दाँतमा रहन्छ, यसमा बढ्दै गएको ब्याक्टेरियाले एसिड उत्पादन गर्दछ, जसले समयसँगै इनामेललाई क्षति पुर्‍याउँछ। 

    सोडा (चिसो पेय) तपाईंको दाँतको लागि हानिकारक छ किनकि यसले दाँतमा एसिड जम्मा गर्छ र इनामेललाई क्षति पुर्‍याउँछ। 

    भिनेगर, सामान्यतया सलाद ड्रेसिङहरूमा पाइन्छ, अत्यधिक अम्लीय हुन्छ र दाँतलाई हानि पुर्‍याउँछ।

    कसरी जोगाउने दाँत 

    दाँतलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु जरुरी छ । तसर्थ, सम्पूर्ण अन्न, ताजा फलफूल, तरकारी र दुग्धजन्य पदार्थ उपभोग गर्नुहोस्।

    खानासँगै मीठो खानेकुरा वा अम्लीय पेय पदार्थ सेवन गर्नुहोस्। यसले तिनीहरूमा उपस्थित हानिकारक पदार्थहरूको जोखिम कम गर्न सक्छ।

    आहारमा काँचो फलफूल वा तरकारीहरू समावेश गर्नाले र्यालको प्रवाह बढाउन मद्दत गर्छ जसले दाँत सफा गर्छ र हानिकारक ब्याक्टेरियाको वृद्धिलाई कम गर्छ।

    कुनै पनि मीठो वा अम्लीय खाना खाएपछि पानीले कुल्ला गर्नुहोस्।

    यसबाट दाँतमा मीठो वा अम्लीय पदार्थले हुने क्षतिलाई कम गर्न सकिन्छ।

    स्ट्र प्रयोग गरेर अम्लीय पेय पदार्थ पिउनुहोस्। यसले दाँतलाई प्रत्यक्ष सम्पर्कमा आउनबाट रोक्छ।

    २४ घण्टामा कम्तिमा दुई पटक ब्रस गर्नुहोस्। र खानापछि, इनामेल जोगाउन फ्लोराइड माउथवास प्रयोग गर्नुहोस्।

    चिनी र एसिड युक्त पेय पदार्थहरू बिस्तारै नभई छिटो समाप्त गर्ने प्रयास गर्नुहोस्। 

    यसले गर्दा दाँतसँग लामो समयसम्म सम्पर्कमा रहँदैन, जसले गर्दा दाँतलाई कम क्षति पुग्छ।

    चिनीरहित गम चपाउँदा लारको प्रवाहलाई उत्तेजित गरेर प्लाक निर्माणलाई रोक्न सक्छ।
    हरेक ६ महिनामा दाँतको जाँच गराउनु पनि आवश्यक छ ।

    बालबालिकाको विशेष ख्याल राख्नुहोला

    धेरैले आफ्ना छोराछोरीलाई सानैदेखि नुनिलो खाजा, चिसो पेय पदार्थ र चकलेटको लत लगाउँछन्। तर अत्यधिक अम्लीय पेय पदार्थहरूले दाँतको इनामेललाई हटाउन सक्छ, जबकि केही खानेकुराहरूले अन्य दाँत समस्याहरू निम्त्याउन सक्छ।

    तसर्थ, आफ्नो एक वर्षको बच्चालाई अत्यधिक नुन, चिनी र अम्लीय खानेकुरा खाने बानी नबनाउनुहोस्।

    सन्तुलित नुन र चिनी खाने बानी विकास गर्न बालबालिकाका लागि पहिलो ५ वर्ष धेरै महत्त्वपूर्ण हुन्छ।

    खराब खाने बानीले दाँतलाई मात्र असर गर्दैन यसले समग्र स्वास्थ्यलाई पनि असर गर्छ। 

    बालबालिकाको आन्द्रा धेरै नरम हुने भएकाले अत्याधिक नुन र चिनीको सेवनले पाचन वा आन्द्राको समस्याबाट ग्रसित हुन सक्छ । तर, शरीरलाई पर्याप्त मात्रामा चिनी उपलब्ध गराउन फलफूल खुवाउनु पर्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार