images
images

पावर र मिनी टिलर मर्मत तथा सञ्चालनसम्बन्धी तालिम, २२ जनाको सहभागिता

पावर र मिनी टिलर मर्मत तथा सञ्चालनसम्बन्धी तालिम, २२ जनाको सहभागिता

बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • पावर र मिनी टिलर मर्मत तथा सञ्चालनसम्बन्धी तालिम, २२ जनाको सहभागिता

    काठमाडौँ / कृषि मेशिनरी मर्मत तथा सञ्चालन गर्ने गरी व्यावसायिक तालिम सुरु भएको छ । कृषि मेशिनरी औजार बिशेष त पावर टिलर र मिनी टिलरको मर्मत तथा सञ्चालन सम्बन्धी तालिम मङ्गलबारदेखि काठमाडौँमा सुरु भएको हो ।

    images
    images

    सो १५ दिनसम्म चल्ने सो तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता छ । तालिममा सहभागीले पावर टिलर र मिनी टिलरको चलाउन सक्ने, मर्मत गर्न सक्ने लगायत सिप सिक्ने छन् र त्यसपछि त्यसलाई व्यवसायको रूपमा कार्य गर्न प्रेरित गर्नेछ । 

    देशको विभिन्न भागबाट १५० भन्दा बढी निवेदन हालेकोमा विभिन्न मूल्याङ्कनको आधारमा २० जनालाई मेरिटको आधारमा छानेको र २ जना महिलालाई यो क्षेत्रमा आकषर्ण गर्न संघले आफ्नै श्रोतबाट छनौट गरेको कुरा नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले बताए । 

    ५० हजार बढी किसानले पावर टिलर र २ लाख बढीले मिनी टिलर प्रयोगमा छ । तर यी यन्त्रको अधिकांश मर्मत हुन नसकेर प्रयोग विहीन रहेको संघले जनाएको छ ।

    नेपाल कृषि मेशिनरी व्यवसायी संघ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले संयुक्त रूपमा तालिमको आयोजना गरेका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार