images
images

ऐसले फर्निचर शोरुम अब नेपालमा, एस.एन. जोशी एण्ड सन्स कम्पनी आधिकारिक विक्रेता

ऐसले फर्निचर शोरुम अब नेपालमा, एस.एन. जोशी एण्ड सन्स कम्पनी आधिकारिक विक्रेता

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • ऐसले फर्निचर शोरुम अब नेपालमा, एस.एन. जोशी एण्ड सन्स कम्पनी आधिकारिक विक्रेता

    काठमाडौँ / विश्व प्रसिद्ध ऐसले फर्निचरले काठमाडौँको टेकुमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ । ऐसले ब्राण्ड विश्वको सबैभन्दा ठूलो फर्निचर उत्पादक तथा बिक्रेता मध्येको एक हो । गत १८ वर्ष देखि ऐसले अमेरीकाको सबैभन्दा विक्री हुने फर्निचर ब्राण्ड रहँदै आएको छ । 

    images
    images

    ऐसलेको विश्वभरी ६६ राष्ट्रहरूमा १,१०० भन्दा बढी होमस्टेहरू छन् । ऐसलेको आधिकारिक विक्रेताको रूपमा एस.एन. जोशी एण्ड सन्स कम्पनी प्रा.लि.रहेको छ । 

    विश्व विख्यात फर्निचर ब्राण्डहरूलाई नेपालमा ल्याई उत्कृष्ट उत्पादकहरूलाई नेपाली माझ साक्षत्कार गराउने एस.एन. जोशी एण्ड सन्स कम्पनी विगत २० वर्षदेखि यस व्यवसायमा सक्रिय रहेको छ । 

    furniture.jpg

    विश्व विख्यात ऐसले ब्राण्डले नवीनता, गुणस्तरियता, ग्राहक सन्तुष्टिमा विश्वभरी आफ्नो झण्डा गाडिसकेको छ । ऐसले फर्निचरले विश्वभरी करोडौँ उपभोक्ताहरूको मन जितिसकेको छ । टेकुस्थित ऐसलेको शोरुम ४,५०० स्क्वायर फिटमा फैलिएको छ र यहाँ ग्राहकहरूले विभिन्न आधुनिक रूपमा लिभिङ्ग रूम, डाइनिङ्ग रूम, बेडरूमको साज सज्जासहित चाहिने सर–सामानहरूको उपलब्धता रहनेछ । 

    asle furniture1.jpg

    ऐसले फर्निचरले डिजाइनमा विविधता र अकल्पनिय उत्पादनहरूसहित नेपालमा नयाँ युगको सुरुवात गर्ने कम्पनीले जनाएको छ  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार