images
images

तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकले कमायो झण्डै ३ अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकले कमायो झण्डै ३ अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्म प्राइम कमर्सियल बैंकले कमायो झण्डै ३ अर्ब नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बृद्धि भएको हो ।

    बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनाले १६.६५ प्रतिशत बढी हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    तेस्रो त्रैमाससम्ममा बैंकको नाफा बढेसंगै खुद ब्याज आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.६९५ ले बढेर ५ अर्ब ७८ करोड ३८ लाख १० हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

    चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ३.३० प्रतिशत अर्थात् ३१ करोड ३३ लाख रुपैयाँ छ । गत वर्ष यस्तो नाफा २.०७ प्रतिशत अर्थात् ३० करोड १५ लाख रुपैयाँ थियो ।

    यस्तै, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँ छ ।बैंकको इम्पेयरमेन्ट चार्ज १०.३८५ ले घटेर ८९ करोड ५० लाख रुपैयाँमा आएको छ । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा भने ३.०६५ बाट बढेर ४.२९५ पुगेको छ । जगेडा कोषमा पनि २१.८५५ सुधार हुँदै १० अर्ब रुपैयाँ पुगेको छ ।

    चुक्ता पुँजी १९ अर्ब ४० करोड रहेको प्राइम कमर्सिय बैंकको प्रतिसेयर आम्दानी पनि २.८२ रुपैयाँले बढेर १९.७८ रुपैयाँ पुगेको छ । बैंकको बेसरेट १.७४ प्रतिशतले घटेर ९.२७ प्रतिशतमा कायम बनेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार