images
images

तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको नाफा २७ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको नाफा २७ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्ममा लुम्बिनी विकास बैंकको नाफा २७ प्रतिशत घट्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चैत मसान्तसम्ममा लुम्बिनी विकास बैंकको नाफा २७ प्रतिशत घटेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्ष तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६.९१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा घटेर  ३४ करोड २१ लाख रुपैयाँमा सिमित भएको हो । 

    यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा ७.१५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ रहेकोमा चालू आवमा घटेर १ अर्ब २८ करोड रुपैयाँमा सिमित भएको हो । 

    चालू आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७४ पैसा वार्षिक रहेकोमा चालू आवमा घटेर १२ रुपैयाँ ९७ पैसा कायम भएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा ९ करोड १६ लाख रुपैयाँ रहेको छ । 

    चुक्ता पूँजी ३ अर्ब ५१ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा २ अर्ब ६७ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड १६ लाख रुपैयाँ सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १७८ दशमलव ६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.९७ गुणा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार