images
images

तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

शुक्रवार, बैशाख ७ २०८१
शुक्रवार, बैशाख ७ २०८१
  • तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकको नाफा ९७.२२ प्रतिशत बढ्यो, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / कृषि विकास बैंकले चालू आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९७.२२ प्रतिशत वृद्धि भएको हो ।

    images
    images

    कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर २ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । 

    चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ८४.४७ प्रतिशत वृद्धि भएको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा १५.३१ प्रतिशत वृद्धि भएको हो । 

    त्यस्तै कम्पनीको निष्किृय कर्जा पनि घटेको छ । गत आवमा निष्क्रिय कर्जा ४.२० प्रतिशत रहेकोमा चालू आवमा घटेर ३.३० प्रतिशत पुगेको हो । 

    चुक्ता पूँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा १५ अर्ब ६४ करोड रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब १२ करोड रुपैयाँ सञ्चिती गरेको छ । सो अवाधिमा कम्पनीको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ भन्दा बढी रहेको छ । 

    चालू आवको तेस्रो त्रैमासमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ९० पैसा रहेकोमा चालू आवमा बढेर १७ रुपैयाँ ९३ पैसा पुगेको हो । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ २२२.८५ रुपैयाँ र तरलता अनुपातमा ३४.०२ प्रतिशत रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार