चर्चित समाचार
  • राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’मा गायिका अन्जु पन्त सहभागी हुने

    राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’मा गायिका अन्जु पन्त सहभागी हुने

    बुधवार, जेठ २ २०८१
    बुधवार, जेठ २ २०८१
  • राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’मा गायिका अन्जु पन्त सहभागी हुने

    काठमाडौँ / शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले भोलि हेटौँडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । काठमाडौं र धनकुटामा भव्यरूपमा सम्पन्न गरिसकिएको राइटपाथले भोलि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ(२०२४’ आयोजना गर्ने भएको हो ।

    राइटपाथले अमेरिका, युरोप, अस्ट्रेलियालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आइरहेको छ । 

    भोलि हेटौँडा–४, स्कूलरोडस्थित मारवाडी सेवा सदनको व्यापारिक कम्प्लेक्सस्थित राइटपाथ हेटौँडाको कार्यालय परिसरमा हुने कन्क्लेभ हुनेछ । कन्क्लेभमा ४ सयदेखि ५ सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको  राइटपाथ हेटौँडाका सञ्चालक मनिष अधिकारीले जानकारी दिए ।

    उनकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गरिएको हो । हेटौँडापछि चितवन, बुटवल र दाङमा पनि ग्रान्ड एजुकेसन कन्क्लेभ आयोजना हुनेछ ।

    उक्त शैक्षिक मेला ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’को मुख्य आकर्षणको रुपमा चर्चित गायिका अन्जु पन्त पनि सहभागी हुने र उपस्थित विद्यार्थी तथा अभिभावक हरूसँग भेटघाट गर्ने अधिकारीले बताए ।

    कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्फरको पनि व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपियाँमै गर्न सकिने छ । 

    कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् । राइटपाथका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए । 

    कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्‍याउने उनको विश्वास छ । विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार