चर्चित समाचार
  • राइटपाथले जेष्ठ ८ गते ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

    राइटपाथले जेष्ठ ८ गते ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

    सोमवार, जेठ ७ २०८१
    सोमवार, जेठ ७ २०८१
  • राइटपाथले जेष्ठ ८ गते ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने

    काठमाडौँ / राइटपाथ करियर काउन्सिलिङले ललितपुरको कुमारीपाटीमा  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ गर्ने भएको छ । 

    देशका विभिन्न स्थानहरूमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ सम्पन्न गरिसकेको शैक्षिक परामर्शदाता संस्था राइटपाथले मंगलवार कुमारीपाटी स्थित आफ्नै कार्यालयमा  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्न लागेको हो ।

    उक्त कन्क्लेभमा विद्यार्थीले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउन सक्नेछन् । 

    युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा सत्य तथ्य जानकारी पाउने राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले बताए । यस्ता एजुकेसन कन्क्लेभहरूले विद्यार्थीहरूको हौसला बढ्ने उनको भनाई छ ।

    राइटपाथले उक्त कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको छ । 

    सीईओ डिसीका अनुसार  कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको छ भने फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ ।  

    उनले यूएस लक्षित अफरदेखि ६ हजार लाग्ने आएल्स जम्मा २०८१ रुपियाँमै गर्ने अफर ल्याएको पनि बताए ।

    ग्राण्ड एजुकेसन कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त र मिस नेपाल २०१६ की विजेता तथा राइटपाथकी ब्राण्ड एम्बेस्टर अस्मी श्रेष्ठ पनि सहभागी हुनेछन् । 

    गायिका पन्त र श्रेष्ठ यसअघिका कन्लेभमा सहभागी भई प्रत्यक्षरुपमा विद्यार्थीहरूलाई हौसला समेत प्रदान गरेका थिए ।  

    यसअघि काठमाडौँ, धनकुटा, हेटौँडा, चितवन, बुटवल र दाङमा  ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भइसकेको छ ।

    वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभमा करिब ६ हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूले सहभागी जनाइसकेका समेत डिसीले जानकारी दिए ।

    राइटपाथले वैशाख २९ गते पुतलीसडक स्थित मुख्य कार्यालयमा सहभागी हुन नसकेका अभिभावक तथा विद्यार्थीहरूका लागि कुमारीपाटीमा उक्त एजुकेसन कन्क्लेभ गर्न लागेको हो । 

    विद्यार्थीहरूले भोली हुन गइरहेको एजुकेसन कन्क्लेभमा सहभागी भई वैदेशिक शिक्षाको लागि परामर्श लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार