चर्चित समाचार
  • राईटपाथ करियर काउन्सिलिङको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” भव्य,  ७ हजार बढि विद्यार्थीहरु सहभागी

    राईटपाथ करियर काउन्सिलिङको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” भव्य,  ७ हजार बढि विद्यार्थीहरु सहभागी

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • राईटपाथ करियर काउन्सिलिङको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” भव्य,  ७ हजार बढि विद्यार्थीहरु सहभागी

    काठमाडौं / राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा आएर हिजो  जेठ ८ गते सम्पन्न भएको छ ।

    गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज जेष्ठ ८ गते ललितपूरमा सम्पन्न भएको हो ।

    पहिलोदिन काठमाडौंमा भएको जस्तै अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्राङ्गणमा आइपुग्दा विद्यार्थीहरुमा चाहेर वा बाध्यताले उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिन्छ । 

    हाम्रो यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् । यस कार्यक्रममा उच्चशिक्षा हाँसिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सहि सूचना उपलब्ध गराउन सफल भएको विस्वास कम्पनीले लिएको छ । 
    ‘यस कन्क्लेभ सुरु गर्दैगर्दा करिब पाँच हजार विद्यार्थी माझ पुग्न सक्छौं भन्ने उदेश्य राखेका थियौं, तर हामी लक्ष्यभन्दा पनि धेरै विद्यार्थीहरु माझ पुग्न सफल भएको अवस्था छ’, विज्ञप्तिमा भनिएको छ । 

    right path.JPG

    हाम्रो यस कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पिटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिति रहेको थियो । 

    ग्राण्ड एजुकेसन कनक्लेभमा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरुले प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाएका थिए । 

    सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिको थियो । 

    त्यस्तै विद्यार्थीहरुका लागि शतप्रतिशत प्रोसेसिङ्ग शुल्कमा छुट गरेको थियो ।  यस्तै, विद्यार्थीहरुलाई फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदा गरिएको थियो ।

    कार्यक्रममा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परिक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्य राखेर यस कायक्रमको आयोजना गरिएको थियो । 

    कार्यक्रम उपलब्धि मुलक रहेको विद्यार्थी तथा अभिभावकहरुको उत्साहजनक सहभागीताले पनि पुष्टि  गरेको जनाएको छ । 

    right path nepalli.JPG

    पहिलो दिन राइटपाथ करियर काउन्सिलिङ्गको मुख्य कार्यालय पुतलीसडकमा २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा सुरु भएको कन्क्लेभमा देशका अन्य स्थानमा पनि उत्तिकै उत्साहपूर्ण सहभागिता रहेको थियो । 

    हाम्रो कन्क्लेभमा वरिष्ठ गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठको पनि हामीसँगै उपस्थित भई प्रत्यक्षरुपमा विद्यार्थीहरुको हौसला बढाएका थिए ।  

    उनीहरुले विद्यार्थीहरुलाई जुन हौसला र उर्जा प्रदान गर्नु भयो त्यसका लागि धन्यवाद् व्यक्त  गरेको छ । 


    राइटपाथ करियर काउन्सिलिका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै  आएको र विगतमा जस्तै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार