चर्चित समाचार
  • आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन बिहीबारदेखि सुरु, नयाँ कार किन्दा फाइदै फाइदा

    आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन बिहीबारदेखि सुरु, नयाँ कार किन्दा फाइदै फाइदा

    बुधवार, जेठ ९ २०८१
    बुधवार, जेठ ९ २०८१
  • आकर्षक सुविधा सहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन बिहीबारदेखि सुरु, नयाँ कार किन्दा फाइदै फाइदा

    काठमाडौँ / बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ । सवारीधनीहरूलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेइकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुने दावी गरिएको छ । 

    सो इभेन्ट भोलि बिहीबारदेखि प्रारम्भ भई आइतबारसम्म (मे २३ देखि मे २६ सम्म) काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चल्ने छ । सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँ सम्म प्राप्त गर्नेछन् । 

    साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरमा बैङ्कमार्फत ८० प्रतिशतसम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ । 

    काठमाडौँ उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ । 

    विहान १० बजे देखि बेलुकी ६ बजे सम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ । ग्राहकले आफ्नो नजिकको स्थानमा गएर बीवाईडीका नयाँ मोडलको वारेमा आवश्यक जानकारी लिनुका साथै विशेष फाइदा समेत लिन सक्नु हुनेछ । 

    साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, “हाम्रा ग्राहकलाई इलेक्ट्रिक सवारी साधन अझै पहुचयोग्य र क्रयशक्तियोग्य बनाउन बीवाईडी प्रतिबद्ध छ । ‘अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प त्यही दिशातर्फ निर्देशित छ, जसले हरित यातायाततर्फ डोर्याउनका लागि महत्वपूर्ण फाइनान्सियल इन्सेन्टिभ्स र फ्लेक्जिवल फाइनान्सिङ अप्सन उपलब्ध गराउने छ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार