पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने

पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    पाँचखालमा प्रदेश स्तरीय ३ दिने स्काउट क्याम्प हुने

    काठमाडौँ / पाँचखाल स्काउट नगर समितिको आयोजनामा र बागमती प्रदेश स्काउट कार्यालयको संयोजनमा प्रदेश स्तरीय बृहत स्काउट क्याम्प हुने भएको छ । पाँचखाल स्काउटका संयोजक नवराज बोलखेले आगामी विहिवार अर्थात जेठ १७ देखि १९ गते शनिवारसम्म हुने ३ दिने स्काउट क्याम्पमा प्रदेशभरीको स्काउटको सहभागिता रहनेछ । 

    images
    images

    स्थानीय दुग्धेश्वर माविको प्राङ्गणमा केन्द्रीत रहेर गरिने क्याम्पमा बालबालिकाहरुलाई दैवीप्रकोपलगायत अन्य समयमा सुरक्षित बसेर बस्ने र उद्धार गर्नेलगायतका तालिम दिइने क्याम्प चिफ हर्षबहादुर दनुवारले बताए ।

    बागमती प्रदेश स्काउट प्रमुख शिवकुमार त्वायनाले क्याम्पबाट स्काउट बालबालिकाहरुको सर्वाङ्गिण र चौतर्फी विकासका साथ व्यवहारिक ज्ञान दिने बताउँदै स्काउटमा प्रदेशभरीका स्काउटहरुलाई निमन्त्रणा गरिएको बताए । 

    काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलान्चोक जिल्लाका रोभर, रेन्जर तथा सिनियर स्काउटहरुको प्राविधिक सहायतामा उक्त कार्यक्रम सञ्चालन गरिने बताइएको छ । क्याम्पले बालबालिकामा नेतृत्व, साहस, सीप, अनुशासन, सामूहिक कार्य, स्वयंसेवा, बिपद ब्यवस्थापन जस्ता विविध पक्षको बिकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

    क्याम्पअन्तर्गत साहसिक गतिबिधी, सुपरमेन जम्प, ओमेगा जम्प, कमान्डो ब्रिज मङ्की क्लाम्विङ जस्ता विविध साहाशिक गतिविधिहरु समाबेस गरिने बताइएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार