यसरी मनाइँदै छ देशभर बुद्ध जयन्ती, हेनुस् तस्बिरहरू

यसरी मनाइँदै छ देशभर बुद्ध जयन्ती, हेनुस् तस्बिरहरू

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    यसरी मनाइँदै छ देशभर बुद्ध जयन्ती, हेनुस् तस्बिरहरू

    शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍एको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

    images
    images

    बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । 

    ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो।

    बुद्धको प्रतिमामा पूजापाठ गर्दै विभिन्न क्षेत्रका बौद्ध धर्मावलम्बीहरु, हेनुस् तस्बिरहरू 

    गौतम बुद्धको २५६८औँ जयन्तीका अवसरमा सर्लाहीको बागमती नगरपालिका–११, स्थित बुद्ध शान्ति तपोवनमा रहेको बुद्धको प्रतिमामा पूजापाठ गर्दै बौद्ध धर्मावलम्बीहरु । 

    बुद्ध जयन्तीको अवसरमा दमक गरिएको पद र्‍याली 

    २५६८औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार बिहान दमकमा निकालिएको शान्ति पद ¥याली । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध धर्मका अनुनायीहरुले विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइन्छ । 

    बुद्ध जयन्ती समारोहमा लुम्बिनीमा प्रम दाहाल

    undefinedundefinedundefined

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मूल समारोहद्वारा लुम्बिनीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । 

    लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड ध्यान गर्दै

    1.JPG

    प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुअगाडि ध्यान गर्दै । 

    लुम्बिनीमा प्रधानमन्त्री  प्रचण्ड स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

    प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै  ।

    स्वयम्भू महाचैत्यमा दशनार्थीको भीड

    undefinedundefined

    २५६८औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार काठमाडौँको स्वयम्भू महाचैत्यको दर्शन गर्न आएका दशनार्थीको भीड । 

    बत्ती बाल्दै भक्तजन

    1.JPG

    पच्चीस सय ६८औँ बुद्व जयन्तीको अवसरमा बिहीबार काठमाडौँको स्वयम्भूस्थित भगवान् पाउमा बत्ती बाल्दै भक्तजन

    बुद्ध जयन्तीमा र्याली

    undefinedundefined

    गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा बिहीबार तनहुँको दमौलीमा निकालिएको पदयात्रा । बुद्धजयन्तीका अवसरमा विविध कार्यक्रम गरिँदैछ । 

    तस्बिर : रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार