गुनासो आएपछि कुच्चिएको, लेउ लागेका, मूल्य र उत्पादन मिति नभएका जारमा महानगरको नजर

गुनासो आएपछि कुच्चिएको, लेउ लागेका, मूल्य र उत्पादन मिति नभएका जारमा महानगरको नजर

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    गुनासो आएपछि कुच्चिएको, लेउ लागेका, मूल्य र उत्पादन मिति नभएका जारमा महानगरको नजर

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्र भित्रका विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीमा लागि राखिएको जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    images
    images

    महानगरले आम नागरिक (उपभोक्ता)को स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ । 


    प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ मा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुबानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरले अनुरोध गरेको छ । मापदण्डले तोके बमोजिम भए नभएको निरीक्षणलाई पनि महानगरपालिकाले तीव्रता दिइने बताएको छ । 

    यसअिघ पनि महानगरले उपत्यकामा जारको पानी वितरण गर्ने कम्पनीले कुच्चिएको, फुटेको जारमा पानी बोक्ने गरेको पाइएकाले त्यस्ता जार जफत र नष्ट गर्ने गरेको थियो । उक्त महानगरको कार्यप्रति पानी उत्पादक संस्थाहरूले विरोध जनाएका थिए । 

    Mahanagar.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार