२५६८ औँ बुद्ध जयन्ती : म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

२५६८ औँ बुद्ध जयन्ती : म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    २५६८ औँ बुद्ध जयन्ती : म्यान्मारस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

    म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गरेको छ । उक्त शुभ कार्यका लागि यांगुनस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरूलाई आमन्त्रण गरिएको थियो ।

    images
    images

    कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरू, संयुक्त राष्ट्र संघका पदाधिकारीहरू, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै म्यान्मारका लागि नेपालका राजदूत महामहिम हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको आठ सत्य मार्गहरूका बारेमा प्रकाश पारे । 

    यस पवित्र दिन संसार भरिका बुद्धधर्मालम्वीहरू तथा सम्पूर्ण शान्तिप्रेमी मानवजातिका लागि महत्वपूर्ण रहेको बताउँदै महामहिम घिमिरेले उपस्थित सबैलाई बुद्धका उपदेशहरू पालना गरी शान्तिपूर्ण जीवन बिताउन आग्रह गरे । 

    Myanma news.jpg

    बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दै महामहिम घिमिरेले भगवान् गौतम बुद्धले दुई पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केही कपालहरू यांगुनको स्वेडागन प्यागोडामा राखिएको र स्वेडागन प्यागोडामा राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध, तथा कनकमुनि बुद्धका तस्विरहरू नेपालबाट ल्याएर राखिएको बताए । 

    कार्यक्रममा भिक्षुहरूले धर्मदेशना गर्नुका साथै राजदूतावासबाट भिक्षुहरूलाई चिवर दान समेत गरिएको थियो । बिहानीको समयमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रसाद स्वरुप खिर, सेलरोटी, पुवा नेपाली अचारको व्यवस्था गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार