कान्तिपुर पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आनको ध्यानाकर्षण

कान्तिपुर पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आनको ध्यानाकर्षण

बिहिवार, जेठ १० २०८१
बिहिवार, जेठ १० २०८१
  • images
    images
    कान्तिपुर पब्लिकेसनका अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति आनको ध्यानाकर्षण

    काठमाडौँ / कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष सिरोहियाले आफ्नो नागरिकता विषयको न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको अवस्थामा देशको सबैभन्दा ठुलो सञ्चारगृहको अध्यक्षलाई कार्यकक्षमै पुगेर पक्राउ गर्नुले अनेक प्रश्न खडा गरेको आनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    images
    images

    “नागरिकता जस्तो संबेदनशील विषयमा राज्यले छानबिन गर्नुपर्छ तर छानबिन गर्दा नियम र कानुनको परिधि तथा संबिधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्नु हुदैँन,” आनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “यस घटनामा राज्यले आफ्नो दायरा बिर्सेको र चुकेको अनुभव हामीले गरेका छौँ । सञ्चार क्षेत्रको प्रतिष्ठित व्यक्तिमाथि प्रतिशोध साँधेर यस किसिमले पक्राउ गरिएको आशंका भएको छ ।”  

    आनले अध्यक्ष सिरोहियाको यस प्रक्रारको पक्राउप्रति दुःख व्यक्त गर्दै कानुनको पालना गर्न राज्यको ध्यानाकर्षण गराएको छ । साथै आनले सञ्चार क्षेत्रमा हुने कुनै पनि किसिमका हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार