चर्चित समाचार
  • रियलमी १२ प्रो+ दमदार पर्फर्मेन्स तथा स्टोरेज, भिडियो/फोटोग्राफीमा चाख राख्नेलाई गज्जब !

    रियलमी १२ प्रो+ दमदार पर्फर्मेन्स तथा स्टोरेज, भिडियो/फोटोग्राफीमा चाख राख्नेलाई गज्जब !

    सोमवार, जेठ १४ २०८१
    सोमवार, जेठ १४ २०८१
  • रियलमी १२ प्रो+ दमदार पर्फर्मेन्स तथा स्टोरेज, भिडियो/फोटोग्राफीमा चाख राख्नेलाई गज्जब !

    काठमाडौं / सर्वाधिक विश्वसनीय भनिएको स्मार्टफोन ब्राण्ड रियलमीले फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको एटा विशेष फोन नेपालमा लञ्च गर्दै छ ।  रियलमी १२ प्रो + भनेर कम्पनीले १२ जिबी ¥याम र २५६ जिबी स्टोरेजको भेरियन्टसहित उपलब्ध गराउने अनुमान गरिएको छ ।

    आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जितेको रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने अपेक्षा कम्पनीले राखेको छ । 

    यस्तो छ मोवाइलको डिजाईन र डिस्प्ले

    रियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । 

    फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रो+ मा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ ।  

    दमदार पर्फर्मेन्स तथा स्टोरेज

    क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रो+ मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । 

    यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ ।  

    अत्याधुनिक क्यामरा जटित यस्ता छन् फिचरहरुः 

    फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो +को क्यामरा अति उपयोगी हुने भनेको छ । 
    ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा,  ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रो+ मा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ । 

    टिकाउ ब्याट्री तथा सुपरफास्ट चार्जिङ्ग

    ६७ वाटको सुपरभोक सुपरफास्ट चार्जीङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रो+ का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार