चर्चित समाचार
  • [ कर्णाली ] जुम्लामा मार्सीधान करिडोर, भेरीगङ्गा उपत्यकालाई आधुनिक शहर बनाइने, बजेट कति ?

    [ कर्णाली ] जुम्लामा मार्सीधान करिडोर, भेरीगङ्गा उपत्यकालाई आधुनिक शहर बनाइने, बजेट कति ?

    बुधवार, जेठ १६ २०८१
    बुधवार, जेठ १६ २०८१
  • [ कर्णाली ] जुम्लामा मार्सीधान करिडोर, भेरीगङ्गा उपत्यकालाई आधुनिक शहर बनाइने, बजेट कति ?

    कर्णाली सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णाली प्रदेशमा नयाँ परियोजना तथा कार्यक्रम सञ्चालन हुने भएका छन् ।
     
    सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गर्दा जुम्लाको हिमा र तिला आसपासको क्षेत्रलाई मार्सीधान करिडोर, सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोरका रूपमा विकास गर्ने नयाँ परियोजना समेटेको छ ।
     
     कर्णालीसहित मधेस प्रदेशको पूर्वाधार विकासका लागि रु एक अर्ब ५० करोड छुट्याएको छ ।

    हिमाल समृद्धि कार्यक्रमअन्तर्गत हिमाली क्षेत्रमा भेडा, च्याङ्ग्रा, चौरीलगायतको पशुपालन र स्याउ ओखर, जडीबुटीका फार्म सञ्चालन गर्ने तथा कर्णाली प्रदेशको कृषि र वन पैदावरमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने बजेटमा उल्लेख गरिएको छ।
     
    त्यस्तै कर्णालीका दशवटै जिल्लामा सञ्चालन हुने एकीकृत सिँचाइ विकास आयोजनाका लागि रु ८२ बजेट छुट्याएको छ ।

    सुर्खेतको भेरीगङ्गा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउन गुरुयोजना तर्जुमा गर्ने उल्लेख छैन ।
     
    अर्थमन्त्री पुनका अनुसार हवाई यातायातका क्षेत्रमा सुर्खेत र जुम्ला विमानस्थलको स्तरोन्नति गरिनेछ । भेरी करिडोर चार सय केभी प्रसारण लाइनको निर्माण प्रक्रिया अगाडि बढाइनेछ ।

    कर्णालीलाई जडीबुटीको आर्थिक हबका रुपमा विकास गरिने छ । जुम्लाको हिमा र तिला नदी किनार आसपास क्षेत्रलाई मार्सीधान करिडोर र स्थानीय तथा प्रदेशको सल्यान–रुकुममा कृषि करिडोर बनाइने बजेटमा उल्लेख छ । 

    कर्णाली एकीकृत सिँचाइका लागि रु ८२ करोड विनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावारमा आधारित समृद्ध कर्णाली उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने छ ।

    कर्णाली र भेरी करिडोरको निर्माण कार्यलाई निरन्तरता दिइनेछ । उक्त करिडोरमा पाँच पुल र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ  । 

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्याको बनाइने छ । 

    आगामी बजेटमा सुर्खेत मेडिकल कलेज स्थापनाको पुरानो योजना सङ्घीय सरकारले अघि बढाउने छ। कर्णाली प्रदेशको वन कार्बन आकलन गरी रेड कार्यक्रमलाई निरन्तरता दिइनेछ । 

    सरकारले जाजरकोट र रुकुमपश्चिममा भूकम्पका कारण भएको क्षतिबाट ध्वस्त संरचना पुनःनिर्माणका लागि रु २१ अर्ब ६० लाख छुट्याएको छ । 

    सरकारले भूकम्पबाट क्षतिग्रस्त भएका निजी भवनको तथ्याङ्क निकालेर पुनःनिर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ। विद्यालय भवन शीघ्र पुनःनिर्माण गरिने छन् । 
     
    भेरी–बबई बहुउद्देश्यीय आयोजनाका लागि रु दुई अर्ब विनियोजन गरिएको छ । आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ । 

    दिवा खाजाको बजेटमा वृद्धि गरिएको छ भने स्वास्थ्यतर्फ सुर्खेतमा मेडिकल कलेज निर्माण कार्यले निरन्तरता पाउने छ । यो कार्यक्रम विगत १० वर्षदेखि हरेक वर्षको बजेटमा समावेश हुँदैआएको छ ।

    कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटमा दिइँदै आएको दिवा खाजा वृद्धि गरिएको छ । 

    यस्तै उपल्लो डोल्पा र हुम्लाको लिमी उपत्यकालाई नयाँ नमूना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना सरकारले ल्याएको छ । 

    विसं २०८१ मङ्सिर कर्णाली प्रदेशमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रु ६० करोड विनियोजन गरिएको छ ।  

    विद्युत् उत्पादनतर्फ चार सय १७ मेगावाटको नलसिंगाड र एक सय ६ मेगावाटको जगदुल्ला आयोजना निर्माण गरिने बजेटमा उल्लेख छ । 

    भेरी करिडोर चार सय केभी विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार