चर्चित समाचार
  • अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, अन्य देशको मुद्रालाई कति ?

    अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, अन्य देशको मुद्रालाई कति ?

    बुधवार, जेठ १६ २०८१
    बुधवार, जेठ १६ २०८१
  • अमेरिकी डलरको भाउ घट्दा महँगियो युरो, अन्य देशको मुद्रालाई कति ?

    काठमाडौँ / आज (बुधबार) अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरोको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ घटेर एकको खरिदमा १३२ रुपैयाँ ७९ पैसा र बिक्रीमा १३३ रुपैयाँ ३९ पैसा तोकिएको छ । यसअघि भने अमेरिकी डलर बढेर एकको बिक्री मूल्य १३३ रुपैयाँ ३२ पैसा र खरिद मूल्य १३३ रुपैयाँ ७२ पैसा पुगेको थियो । 

    यता, युरोपियन युरोको भाउ भने बढेर एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा पुगेको छ । यसअघि भने एकको खरिद मूल्य १४४ रुपैयाँ १३ पैसा र बिक्री मूल्य १४४ रुपैयाँ ७९ पैसा तोकिएको थियो। 

    यसैगरी, युके पाउन्ड स्टर्लिङ पनि बढेर आज एकको खरिदमा १६९ रुपैयाँ ७५ पैसा र बिक्रीमा १७० रुपैयाँ ५२ पैसा पुगेको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४६ पैसा र बिक्री दर ९७ रुपैयाँ ९० पैसा र जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८ रुपैयाँ ५१ पैसा पर्नेछ । 

    त्यस्तै, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३३ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४१ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस्  

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार