चर्चित समाचार
  • मर्मतपछि पुन सञ्चालन इँवा खोला जलविद्युत आयोजना

    मर्मतपछि पुन सञ्चालन इँवा खोला जलविद्युत आयोजना

    बुधवार, जेठ १६ २०८१
    बुधवार, जेठ १६ २०८१
  • मर्मतपछि पुन सञ्चालन इँवा खोला जलविद्युत आयोजना

    काठमाडौँ / इँवा खोला जलविद्युत आयोजना पुन सञ्चालनमा आएको छ । रिडी पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहेको ९.९ मेगावाट क्षमताको उक्त आयोजना मर्मतपछि सञ्चालनमा आएको हो । 

    गत बर्ष जेठ ३२ गते र असार १ गते आएको बाढीले आयोजना पूर्ण रूपले क्षति भई बन्द भएको थियो ।  बाढीले बन्द भएको आयोजना मर्मतपछि मंगलबार अर्थात जेठ १५ गतेदेखि पुन पूर्ण रुपले सञ्चालनमा आएको  आयोजनाका कार्यकारी निर्देशन कुबेरमणि नेपालले बताए । 

    आयोजनाका कार्यकारी निर्देशक नेपालको अनुसार बाढीले डेढ किलोमिटर हेडरेस पाइप भत्काएको थियो भने बाढीले पावर हाउस डुबाउनुका साथै आयोजनाको बाँध पूर्ण रूपले क्षति भएको थियो । 

    सो आयोजना २०७६ असोज २० देखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । पूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलामा अवस्थित इँवा खोला जलविद्युत आयोजनामा तत्कालिन बैङ्क अफ काठमाडौं लुम्बिनी लिमिटेड, माछापुछ्रे बैङ्क, एनसीसी बैङ्क, सिटिजन बैङ्क इन्टरनेशनल र सिद्धार्थ बैङ्क लिमिटेडको लगानी रहेको थियो ।   

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार