images
images

आफ्नो ब्रान्डबिरुद्धको भ्रामक सूचनाप्रति यशोदा फुड्सको गम्भीर ध्यानाकर्षण, कारबाहीका लागि पहल गरिदैँ

आफ्नो ब्रान्डबिरुद्धको भ्रामक सूचनाप्रति यशोदा फुड्सको गम्भीर ध्यानाकर्षण, कारबाहीका लागि पहल गरिदैँ

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • आफ्नो ब्रान्डबिरुद्धको भ्रामक सूचनाप्रति यशोदा फुड्सको गम्भीर ध्यानाकर्षण, कारबाहीका लागि पहल गरिदैँ

    काठमाडौँ / करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रा.लि.ले आफ्नो ब्रान्डबिरुद्ध भ्रामक सूचनाप्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले उत्पादन गर्दै आएको चाउचाउ, चिजबललगायतका खाद्य सामग्रीको दुष्प्रचार गर्नेहरूविरुद्ध प्रचलित साइबर कानुनबमोजिम कारबाही गर्नका लागि उद्योगले पहल लिएको जनाएको हो । 

    images
    images
    images
    images

    करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ । साथै, यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाउँदै आएको र स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको जनाएको छ ।

    हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको भन्दै यसमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    कम्पनीले कुनै कपोलकल्पित फण्डा तयार गरी आमउपभोक्ताको भावनामा खेलबाड नगरेको, गर्न नचाहेको र त्यस्ता तत्त्वहरूप्रति सचेत रहेको बताएको छ । उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरन्जित तरिकाले प्रमाणविना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेप्रति उद्योगको ध्यानाकर्षण भएको कम्पनीले जनाएको छ । 
    यस्ता मनोगढन्ते, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी उक्त उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न कम्पनीले अनुरोध गरेको छ । साथै बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत उद्योगले अपिल गरेको छ ।

    विदेशी चाउचाउमा राज्यको अर्बौँ रुपैयाँ बिदेसिएको अवस्थामा आफ्नै देशमा नेपाली किसान दाजुभाइ दिदी–बहिनीबाट उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायत विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियकरण स्वादिलो चाउचाउलगायत विभिन्न स्न्याक्स उत्पादन गरी ठूलो धनराशि विदेश जानबाट रोकेको सो उद्योगले जनाएको छ ।

    साथै, करिब एक हजार नेपाली दाजुभाइ दिदी-बहिनीलाई प्रत्यक्ष रुपमा तथा सयौँ डिलर बिक्रेतामार्फत अन्य हजारौँ नेपालीलाई रोजगारी दिलाउन सफल भएको यशोदा फुड्सको दाबी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार