images
images

बजेटप्रति असन्तुष्टि जनाउँदै राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

बजेटप्रति असन्तुष्टि जनाउँदै राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

मंगलवार, असार ४ २०८१
मंगलवार, असार ४ २०८१
  • बजेटप्रति असन्तुष्टि जनाउँदै राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका
    images
    images
    images
    images

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् । 

    आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटले विभेद गरेको भन्दै सदनको रोष्टममै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

    ‘म आफैँले आफैँलाई हेर्दा कम आक्रोश हुने कम रिसाउने मान्छे हुँ, रिसपनि उठ्छ, कहिलेकाहिँ रिसपनि पोखिन्छ । एक छिन रिसाउने र पछि मन बुझाउने मान्छेको रूपमा आफूलाई ठान्छु तर जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यो पुस्तिका हातमा पर्‍यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर (पुस्तिका च्यात्दै) यसरी हुर्‍याउने मन छ तर यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हुर्‍याउनुपर्ने हो त्यहाँ नहुर्‍याएर यहाँ राख्छु’, उनले भने, ‘यो मेरो मात्र मनको कुरा हैन, अहिले त्यस्तो केही नाप्ने चिज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भएपनि ४ वटा निर्वाचन क्षेत्र बाहेकको सबै प्रतिनिधि सभा सदस्यको मनको कुरा हो यो ।’

    सांसद लिङ्देनले सामान्य लाजघिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गरे । बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखी पनि बजेट व्यवस्था गरिएको बताए । लिङ्देनले यसो भनिरहँदा कांग्रेस सांसदहरूले समेत टेबल ठोकेर समर्थन गरेका छन् । 

    ‘राज्यस्रोतमाथि यस प्रकारको मनपरी कति दिन मानिहसरुले सहेर बस्ने हो रु सामान्य लाज पनि नराख्ने यो पढिने देखिने चिज हो भन्ने कुरा पनि नराख्ने रु’ लिङ्देनले भने ।

    मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उनले बताए । ‘यो व्यवस्था, यो राज्य प्रणाली काम लाग्दैन भनेर हामीले भनिराखेका छौं । यसलाई पुष्टि गर्नुभएको छ । यसलाई चाँडो भत्काउन आफैं सहयोगी बनुभएको छ’, अध्यक्ष लिङ्देनले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com