सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर, दिनेश बहादुर बिष्ट अध्यक्ष

सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर, दिनेश बहादुर बिष्ट अध्यक्ष

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • सोल्टी होटलको सञ्चालक समितिमा हेरफेर, दिनेश बहादुर बिष्ट अध्यक्ष

    काठमाडौँ / सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा हेरफेर भएको छ ।

    images
    images

    कम्पनीले नेपाल स्टक एक्सचेज नेप्सेमार्फत दिएको जानकारी अनुसार कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थागत सेयरधनी होलिडे इन्स् इन्भेस्टमेन्ट (नेपाल) लिमिटेड अलग भएको छ । 

    गत असोज ११ देखि नै सेयरधनी नरहेको उक्त कम्पनीबाट सोल्टी होटल लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक भेंकटेश गोमाटास र उनको वैकल्पिक सञ्चालक विवेक भल्लाले आआफ्नो पदबाट राजीनामा दिएका थिए ।

    हाल कम्पनीको सञ्चालकमा दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका छन् भने शशिराज पाण्डे, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ, निरञ्जनकुमार टिबरेवाला, जया राज्य लक्ष्मी शाह, गणेशबहादुर चन्द र प्रकाशविक्रम खत्री सञ्चालक रहेका छन् । 

    soltee hotel.JPG

    साताको लोकप्रीय