आजको राशीफल : धनप्राप्ति, सफलता, यात्रा र स्वास्थ्यका लागि आजको दिन कस्तो होला ? हेर्नुस् 

आजको राशीफल : धनप्राप्ति, सफलता, यात्रा र स्वास्थ्यका लागि आजको दिन कस्तो होला ? हेर्नुस् 

अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७
अर्थ डबली
मंगलवार, कार्तिक १८ २०७७ (अर्काइभ बाट)
  • आजको राशीफल : धनप्राप्ति, सफलता, यात्रा र स्वास्थ्यका लागि आजको दिन कस्तो होला ? हेर्नुस् 

    वि.सं. २०७७ साल, कार्तिक महिना, १८ गते, मङ्गलवार, कार्तिक कृष्ण (कौलागा) तृतीया, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, वरीयान् योग, वणिज र विष्टि (भद्रा) करण, प्रमादी संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आज : भद्रा करण दिनको १२.२१ बजेदेखि मध्यरात्रीपछि ०१.०५ बजेसम्म, आजको मूहुर्त : वास्तुमुहूर्त, भोलि : करक चतुर्थी (करवा चौथ) व्रत, भोलिको मूहुर्त : रुद्राभिषेक (शिववास जुरेको, रुद्री/पूजा गर्न मिल्ने दिन), अग्निवास (सामान्य यज्ञ र हवन गर्न मिल्ने दिन), वास्तुमुहूर्त, दैलो राख्ने, पुराण श्रवण ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    हठ गर्ने बानीले दुःख पाइएला तर सद्विचार लिनेहरुको लागि मात्रै आजको समय उत्साहजनक रहेको छ । समग्रमा मिश्रित प्रभाव भएको दिन हो । तर धैर्यताकान साथ प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिनेछ । मनमा आलस्य र अल्छीपन निवास हुने भएकोले अवसरले पछ्याउदा पनि तिनलाई उपयोग गर्न सकिदैन । मनपर्ने भौतिक साधन जोड्न मन लाग्नेछ तर धनको अभाव खड्किनेछ । मान सम्मानमा आघात पुग्न सक्छ । यद्यपि आजको दिनलाई प्रयास गर्दा राम्रो बनाउन सकिनेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    प्रतिष्ठित काम गर्नाले आत्मविश्वास जाग्ने बलियो समय छ । आत्मिय मित्रहरुसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सहयोगीहरुले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता मिल्नेछ ।  उचित काममा सही निर्णय लिन सकिनेछ । स्वास्थ्य सबल रहनेछ तर खानपानमा ध्यान दिनुहोला । हिम्मत र आत्मबलका साथ गरेको कार्य सम्पन्न हुने योग रहेको छ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    अध्ययन अध्यापनमा बाधा पुग्नेछ । त्यस्तै, व्यापार व्यवसाय र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठाउन सकिदैन । योजना कार्यान्वयनमा कठिनाई हुनेछ । समयमा होस नपुग्दा खर्च मात्रै हुनेछ । खर्च गरेर पनि फाइदा उठाउन सकिदैन । प्रलोभन देखाउनेहरुले फसाउन सक्छन् । शुभचिन्तकहरुको सुझावलाई वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट  टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ । टाढाको यत्रा गर्ने अवसर आउनेछ तर धनमाल हराउन सक्ने वा विभिन्न झमेला आइलाग्ने सम्भावना रहेको छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आम्दानीको वैकल्पिक मार्गको बिषयमा सोच्ने समय रहेको छ । कोशिस गर्दा नयाँ स्रोत फेला पर्न सक्छ । उठ्नुपर्ने रकम हात लाग्नेछ । समय उत्साहजनक रहेको छ । विभिन्न भौतिक साधनहरु जुट्नेछन् । प्रशस्त धनलाभ हुने योग छ । पितृधनको उपयोग हुनेछ ।  सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    रोजगारी र व्यापार व्यवसायको क्षेत्रबाट प्रशस्त फाइदा उठाउन सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । विशिष्ट व्यक्तिहरुसँग मित्रता बढ्नेछ । नाम, दाम र इनाम तथा प्रतिष्ठा कमाउने बेला छ । लामो समयदेखि आँटेको काम बन्नेछ । सामाजिक दायित्व बढ्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतको बलमा प्रशस्त लाभ उठाउन सकिनेछ । प्रयत्न गर्दा महत्वपूर्ण काम बन्ने योग रहेको छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    परोपकारी र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछ । घरायासी सुखको अनुभूति हुनेछ । सानो प्रयत्नले कीर्तिमानी काम गर्न सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। कतै लामोदुरीको लाभदायी यात्रा गर्नुछ भने आजको दिन अनुकूल रहेको छ । सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। मिहिनेतको राम्रो प्रतिफल प्राप्त हुनेछ। 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    काममा चुनौति देखिए पनि प्रयत्न गर्दा पनि सकारात्मक संकेत प्राप्त हुनेछट । सहयोगीहरुको साथले चुनौतिहरुलाई पार लगाउन सकिनेछ । गोप्य रहस्य पत्ता लाग्नेछन् । नसोचेको धन लाभ हुनसक्छ । यद्यपि आज सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। 

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    मनमा चिन्ता, शंका र छट्पटी व्याप्त हुनाले अवसरले पछ्याए पनि उपलब्धिलिन सकिदैन । व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ तर धनआर्जन र रमाइलोको दृष्टिले ठूलो फाइदा उठाउन सकिदैन । मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक संकटले तनाव सिर्जना गर्न सक्छ । आम्दानी बढाउने नयाँ काम शुरु गर्न उचित समय छैन । तर आत्मबल र परिश्रमी भई अघि बढेमा आँटेको काम बन्नेछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    चिन्ता र शंकाबाट छुटकारा पाउने दिन हो । आर्थिक क्रियाकलापमा सोचेको फाइदा लिन सकिनेछ । अनावश्यक विवादमा परिएला । विचारलाई तौलेर मात्रै व्यक्त गर्नुहोला । यद्यपि आज  विवाद तथा मुद्दाहरूमा बलियो पकड रहनेछ। गरेको काममा विघ्ना बाधा हटाउन सकिनेछ । व्यवसायिक काममा फाइदा लिन सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    पठनपाठन र ज्ञानका क्षेत्रमा तल्लिन हुने समय हो तर लगनशील भएमा मात्रै सोचेको उलब्धि हात लाग्नेछ । प्रयत्न गरेमा काम विस्तारै भए पनि बन्नेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनुहुदैन । प्रतिष्ठित काम सम्पादन गर्नै मौका छ । जस पाउन गाह्रो छ ।  सन्ततिको समस्यामा ध्यान केन्द्रित हुनसक्छ । सहयोगीहरुले साथ दिन सक्दैनन् । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    फेसन डिजाइन, साजसज्जा र श्रृङ्गारसम्बन्धी काममा आकर्षित हुनु राम्रो समय छ । आफ्नो काममा भन्दा पनि अरुको फाइदाको लागि खट्नुपर्ला । व्यक्तिगत उन्नति प्रगतिका लािग समय प्रतिकूल देखिन्छ । आत्मबल दह्रो बनाउनुपर्छ । सोेचेको काममा विजय प्राप्त हुनेछ । कुनै महत्वाकांक्षी योजना कार्यान्वयन गर्न गोपनीयता अपनाउनुहोला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    आत्मबल र हिम्मतका साथमा आफ्नो निर्णयमा गरिएका कामबाट पराक्रम र प्रसिद्धी कमाउने समय हो । विगतका समस्याहरु निराकरण गर्ने उपाय सुझ्नेछ । कमाएको धन सञ्चित हुने अथवा पारमार्थिक काममा काममा लगानी गर्नुपर्ने समय आएको छ । श्रममूलक र दौडधूप गर्नुपर्ने कामबाट केही लाभ मिल्नेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। 

    साताको लोकप्रीय