नविकरण र सञ्चालन नगर्ने चार उद्योग खारेज

नविकरण र सञ्चालन नगर्ने चार उद्योग खारेज

अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७
अर्थ डबली
आइतवार, कार्तिक ३० २०७७ (अर्काइभ बाट)
  • नविकरण र सञ्चालन नगर्ने चार उद्योग खारेज

    लमजुङ / घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ ।

    images
    images

    लामो समयसम्म नविरकण नगर्ने, उद्योग सञ्चालन नगर्ने सो सङ्ख्याका उद्योगलाई यस चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि कात्तिक महिनाको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ । 

    उद्योग दर्ता गरेको धेरै समय र उद्योग सञ्चालन नगरेका उद्योग खारेज गरिएकोे घरेलु कार्यालयका प्रमुख तोपलाल भुषालले बताए। 

    उनका अनुसार चालू आवको चार महिनाको अवधिमा ३०५ नयाँ उद्योग दर्ता भएका छन् भने, १३० उद्योग नविकरण भएको छ ।

    त्यस्तै यस कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ११ उद्योग खारेज गरेको थियो । सो अवधिमा ६६९ नयाँ उद्योग दर्ता भएका थिए । 


    आर्थिक वर्ष २०७५/२०७६ मा छ उद्योग खारेज भएका उक्त कार्यालयले जनाएको छ । त्यस्तै, यस आर्थिक वर्षमा ४६८ नयाँ उद्योग दर्ता भएका र २७० उद्योगको नविकरण भएको थियो ।

    सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/२०७५ मा १० वटा उद्योग खारेज गरिएको थियो । २७६ नयाँ उद्योग दर्ता र १६४ उद्योग नविकरण भएको घरेलु कार्यालयको तथ्याङ्कमा छ । 

    आर्थिक वर्ष २०७३/२०७४ मा आठ उद्योग खारेज भएका थिए । उक्त आर्थिक वर्षमा २०९ नयाँ उद्योग दर्ता भएका र १७३ उद्योगको नविकरण भएको थियो । 

    त्यस्तै बाणिज्यतर्फ आर्थिक वर्ष २०७७/२०७८ को चार महिनाको अवधिमा १२ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । कार्यालयका अनुसार २१२ नयाँ वाणिज्य दर्ता भएका र २१६ को नविकरण भएको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा २५ को बाणिज्य दर्ता खारेज भयो भने ७६२ नयाँ दर्ता र ३२० को नविकरण भएको थियो ।

    आर्थिक वर्ष २०७५/२०७६ मा २३ वाणिज्य दर्ता खारेज गरिएको कार्यालयले जनाएको छ । 

    साताको लोकप्रीय