काठमाडौँ म्यारियट होटलको दोस्रो बार्षिकोत्सव : होटलले ल्यायो वार्षिकोत्सव समारोह प्याकेजको अफर

काठमाडौँ म्यारियट होटलको दोस्रो बार्षिकोत्सव : होटलले ल्यायो वार्षिकोत्सव समारोह प्याकेजको अफर

अर्थ डबली
सोमवार, बैशाख ६ २०७८
अर्थ डबली
सोमवार, बैशाख ६ २०७८ (अर्काइभ बाट)
  • काठमाडौँ म्यारियट होटलको दोस्रो बार्षिकोत्सव : होटलले ल्यायो वार्षिकोत्सव समारोह प्याकेजको अफर

    काठमाडौँ / अप्रिलमा अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । नेपालका स्थानीय र अन्तर्राष्ट्रिय यात्रुहरूलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको काठमाडौँ म्यारियटले आफ्नो स्थापनाको दोस्रो बार्षिकोत्सव मनाएको हो । 

    images
    images

    सो अवसरमा जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, “उत्तम सेवा प्रदान गर्ने व्रmममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ । यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपि हामी हाम्रा सहयोगीहरू र सरोकारवालाहरुको कडा परिश्रम र समपर्णको कारण यहाँ छौँ । हामी हाम्रा दुवै अतिथिहरू र सहयोगीहरुको लागि सुरक्षित वातावरणको आवश्यकता बुज्दछौँ । त्यसकारण हाम्रा सहयोगीहरु सुरक्षा र स्वच्छता प्रोटोकलमा राम्रोसँग प्रशिक्षित छन् ।”

    सरसफाइका मापदण्डप्रति म्यारियटको प्रतिबद्धता विज्ञहरुको प्रोटोकलसँग मेल खाने होटलको दावी छ । उनले भने “हामीले आफ्ना समाधानहरुको अनुगमन र विकास गरी हाम्रा सबै अतिथि र सहयोगीहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न निरन्तर रूपमा सफल हुदैँ आएका छौँ ।” काठमाडौँ म्यारियट होटलले कोरोना महामारीको बेला पनि अतिथिहरुलाई सुरक्षित वातावरणले सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

    meriant.JPG

    दुई वर्षको दौडमा होटेलले काठमाडौँका फुड प्रेमीहरूलाई विभिन्न अफरहरू र फुड उत्सवहरुको साथ नयाँ व्यञ्जनहरू प्रस्तुत गर्दै आइरहेको होटले जानकारी दिएको छ ।  होटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ “पछिल्लो उत्सव भनेको लेबनानी फूड फेस्टिबल हो । होटेलले हालै एक मेडिटरियन रेस्टुरेन्ट, ताहिना टेरेस खोलेको छ ।”

    यसको बाहिरी सेटिंग र सिग्नेचर ककटेलको साथ ताहिना टेरेस घुमफिर गर्नको लागि एक राम्रो ठाउँ बनेको होटलको दावी छ । थप रूपमा होटलले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्न समुदायका लागि अन्य कार्यव्रmमहरू जस्तै वाक फर वाम्र्थ, थ्याँक्सगिभिंग डिनरमार्फत कोष जम्मा गर्ने र खाना प्रदान गर्ने जस्ता कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ । 

    Hotel mariiott.JPG

    यो माइलस्टोन मनाउनका लागि काठमाडौँ मैरियट होटेलले अप्रिल २०२१ को अन्त्यसम्म मात्र नेपाली रु. १२०११ विशेष वार्षिकोत्सव समारोह प्याकेजको अफर गरेको छ । 

     

    साताको लोकप्रीय