२४ घण्टामा १३ हजार २९० जनाको परीक्षण गर्दा २७४५ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु 

२४ घण्टामा १३ हजार २९० जनाको परीक्षण गर्दा २७४५ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु 

अर्थ डबली
मंगलवार, असार १ २०७८
अर्थ डबली
मंगलवार, असार १ २०७८ (अर्काइभ बाट)
  • २४ घण्टामा १३ हजार २९० जनाको परीक्षण गर्दा २७४५ जनामा कोरोना पुष्टि, ४१ जनाको मृत्यु 

    काठमाडौँ / पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यस अवधिमा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टेजिन गरी कूल १३ हजार २९० जनाको कोरोना परीक्षण गरिएको थियो ।

    images
    images

    परीक्षण गरिएकोमध्ये एक हजार ६८१ जनाको पिसिआर र एक हजार ६४ जनाको एन्टेजिन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४१ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाका कारण निधन हुनेको संख्या ८ हजार ५०६ जना पुगेको छ । 

    बितेको २४ घण्टामा ४ हजार ४४९ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको कूल संख्या ५ लाख ४० हजार ४३९ पुगेको मन्त्रालयले जनाएको छ । 

    पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ४५५ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा १६ जनामा संक्रमण देखिएको छ । 

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ भने निको हुने दर ८८.३ प्रतिशत रहेको छ । हालसम्म पिसिआर विधिबार गरिएको परीक्षणमा ६ लाख १२ हजार २०२ जना र एन्टेजिन विधिबाट गरिएको परीक्षणमा २२ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको छ । 

    साताको लोकप्रीय