आँटाको रिफाइन्ड रूपलाई मैदा भनिन्छ । मैदा बनाउनको लागि आँटालाई कयौ पटक पिसिन्छ । मैदाको प्रयोग ब्रेड, क्र्याकरहरू, कुकिज, पिज्जाको रोटी र अन्य धेरै प्रकारका खाद्य वस्तुहरू बनाउनमा प्रयोग हुन्छ। यसबाट बनेका चीजहरू शरीरको लागि धेरै हानिकारक हुन्छन्।
औसत अमेरिकीले मैदा १० सर्विग्स खान्छन् । मैदा शरीरका लागि धेरै खतरनाक छ। वास्तवमा, पिठो पिंधेर, राम्रो गुणस्तरको पिठो त प्राप्त हुन्छ तर यसको सबै पोषक तत्व समाप्त भएको हुन्छ । गहुँ स्वास्थ्यको लागि राम्रो मानिन्छ भने त्यहीँ गहुँको मैदा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ ।
बोस्टनमा बालबालिकाहरुको अस्पतालका न्यू बैलेन्स फाउन्डेसन मोटोपन निवारण केन्द्रका निर्देशक डेविड लडविग, पीएचडीका एमडीका अनुसार, अमेरिकीहरूले ट्रान्स फ्याटको अधिक मात्रा खान्छन्, जसमा परिष्कृत कार्बोहाइड्रेट, परिष्कृत अनाज उत्पादनहरू, आदि समावेश छन्।
यी सबैले अमेरिकी डाइटमा सबैभन्दा हानिकारक प्रभाव पार्दछ। आउनुहोस् मैदा खानाले स्वास्थ्यमा कस्तो असर पर्दछ ? त्यसबारेमा जानकारी दिदैँछौँ ।
यसले एसिड-क्षारीय अन्तुलन निम्त्याउँछ
शरीरको स्वस्थको पिएच स्तर ७.४ हुन्छ । खानामा अम्लीय खानाको अत्याधिक मात्राको कारण, शरीरमा क्याल्सियमको कमी हुन्छ। यस कारण हड्डीहरू कमजोर हुन्छन्। खाद्यान्नलाई अम्लीय खाना मानिन्छ। अनुसन्धानका अनुसार खानामा मैदाको अत्याधिक प्रयोगले हड्डीहरूलाई नोक्सान पुर्याउँदछ । एसिडिक आहारले प्रतिरक्षा प्रणालीलाई क्षति पुर्याउँछ, शरीरलाई रोगहरूको लागि कमजोर बनाउँदछ।
रगतमा सुगरको स्तर बढाउन सक्छ
यदि तपाई खाद्यान्नमा गहुँ प्रयोग गर्नुहुन्छ भने यो शरीरको लागि स्वस्थ विकल्प हो भनेर सोच्नुहुन्छ भने तपाई गलत सोचिरहनु भएको छ। गहुँको पिठोबाट बनेका खाद्य वस्तुहरू तपाईंको शरीरको लागि अझ हानिकारक हुन्छन्।
गहुँमा रहेको कार्बोहाइड्रेट जसलाई एमिलोपेक्टिन ए भनिन्छ, कुनै पनि कार्बोहाइड्रेटको तुलनामा रगतमा सुगरको मात्रा सजिलै परिवर्तन हुनसक्छ । गहुँको ब्रेडको सिर्फ दुई स्लाइस शरीरमा ब्लड सुगरको लेभल ६ चम्सा चिनीभन्दा बढी सुगरको लेभल बढाउन सक्छ।
शरीर सुन्निन सक्छ
अनाजयुक्त आहारले शरीरमा सूजन निम्त्याउँछ। ब्लड सुगरको लेभल बढ्छ र रगतमा ग्लुकोजको मात्रा बढ्छ । जसमा ग्लुकोज आसपासको प्रोटिन लिन्छ । यसलाई रासायनिक प्रतिक्रिया भनिन्छ । ग्लाइकेसन एक प्रो-इन्फ्लेमेन्टरी प्रक्रिया हो जसले गठिया र हृदय रोगलगायत धेरै सुजनसम्बन्धी रोगहरूको कारण गर्दछ।
शरीरको तौल बृद्धि
अनुसन्धानले देखाईएको छ कि जब तपाई उच्च ग्लाइसेमिक सूचक भएको खाना खान्नुहुन्छ, शरीरको पोषक तत्व बोसोमा परिणत हुन्छ।
शरीरलाई ईन्धन प्रदान गर्नुको सट्टा, मैदाको पिठोबाट बनेको खानाले फ्याट बर्न प्रक्रियालाई ढिलो बनाउँछ। यसको कारणले शरीरमा फ्याट जमा हुन थाल्छ। यस प्रक्रियाले शरीरको मेटाबोलिज्मलाई ढिलो गर्दछ, जसले शरीरको तौल बृद्धि गर्दछ।
आन्द्रालाई नोक्सान पुर्याउन सक्छ
अनुसन्धानका अनुसार अन्नमा पाइने ल्याक्टिनले आन्द्रामा सूजन गराउँछ। जब तपाईं मैदा खानुहुन्छ, खानाको ८० प्रतिशत फाइबर हराउँछ। तपाईको शरीरले फाइबर पाउँदैन र कार्बोहाइड्रेट द्रुत रूपमा सक्रिय हुन थाल्छ । फाइबरबिना, शरीर आन्द्राको फोहोर सफल गरी शरीरलाई डिटोक्सिफाई गर्न सक्षम हुन सक्दैन।
फुड एलर्जीको कारण बन्नसक्छ
गहुँलाई खाना एलर्जीको सबैभन्दा ठूलो ट्रिगर मानिन्छ। ग्लुटन भनिने प्रोटीन, धेरै अनाजमा पाइन्छ, यसले आँटालाई लचिलो बनाउन काम गर्दछ।
यसले रोटी नरम बनाउन मद्दत गर्दछ। गहुँमा पहिले भन्दा अहिले बढि ग्लुटन हुन्छ। जब ग्लूटेन संवेदनशील व्यक्तिहरु ग्लुटेनयुक्त प्रोडक्ट खान्छन् । यसले उनीहरुको शरीरमा फुड एलर्जी हुनका साथै अन्य कयौ समस्याहरुको खतरा बढ्न सक्छ ।