म्याड स्पिड र किलर लुक्सका साथ पोको एम ३ प्रोले नेपालमा डेब्यु गर्दै, शुरुवाती मूल्य कति ? 

म्याड स्पिड र किलर लुक्सका साथ पोको एम ३ प्रोले नेपालमा डेब्यु गर्दै, शुरुवाती मूल्य कति ? 

अर्थ डबली
बिहिवार, साउन २८ २०७८
अर्थ डबली
बिहिवार, साउन २८ २०७८ (अर्काइभ बाट)
  • म्याड स्पिड र किलर लुक्सका साथ पोको एम ३ प्रोले नेपालमा डेब्यु गर्दै, शुरुवाती मूल्य कति ? 

    काठमाडौँ / पोको एक इन्डस्ट्रि रिडिफाइनिंग स्मार्टफोन ब्रान्डले आज पोको एम ३ प्रो ५ जीलाई नेपालमा लन्च गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य ५जीको मोडेल प्रदान गर्दै पोको एम ३ प्रो डुअल ५जी सपोर्टको साथ नेपाली बजारमा आएको हो । 

    images
    images

    यसले एक इमर्सिभ ९० हट्र्जको फूलहाई डेफिनिसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७न्यानोमिटर एफिसियन्सी प्रदान गर्दछ । “म्याड स्पिड, किलर लुक्स” को ट्यागलाइनका साथपोको एम ३ प्रो ले एड्भान्स्ड् टेक्नोलोजी र ट्रेन्डसेटिंग डिजाइनको संयोजनलाई बोकेको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर  सौरभ कोठारीले भने,“ हाम्रो ध्यान सधैँ गुणस्तरीय उत्पादनहरु मार्फत प्रयोगकर्ताको अनुभवहरुलाई पुनः परिभाषितगर्ने कुरामा केन्द्रित छ र हामीले यसलाई हाम्रो पोर्टफोलियो भरि समाहितगर्न प्रयास गरेका छौँ । हाम्रो उत्पादन छनोटहरु सधैँ भरपर्दो प्रदर्शनलाई आश्वस्त पार्न र सधैँ विकसित हुँदै रहनको लागि निर्देशित गरिएको छ ।”

    डाइमेन्सिटी ७०० एसओसीका साथ सञ्चालित उपकरण डुअल ५जी सपोर्टको आउने र यसले द्रुत गति प्रदान गर्ने दाबी गर्दै उनले भने “यसैले हाम्राउपभोक्ताहरुको आकांशा र आवश्यकताहरुलाई पूरा गर्दछ । पोको एम ३ प्रो को लन्चको साथहामी फ्युचर प्रुफको ५ जी टेक्नोलोजीलाई कुनै पनि कर्नरहरु नकाँटि भित्राउँदै छौँ । हामीविश्वस्त छौँ कि यस नयाँ स्मार्टफोनले पहिलेका सबै पोको प्रशंसक र नयाँ उपभोक्ताहरुलाई पनि अपील गर्दछ ।”

    मिडियाटेक डाइमेन्सिटी ७०० पावर्ड स्मार्टफाने डिभाइस
    ७ न्यानोमिटरको फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग गरेर निर्मित रहेको पोको एम ३ प्रो मा मिडियाटेक ७०० चिपसेट र डुअल ५जी सपोर्ट रहेको छ । यस उपकरणले ८–कोर सिपियुको साथ २.२ गिगाहट्र्जसम्मको क्लक स्पिड प्रदानगर्दछ र यसमा शक्तिशाली एआरएममा लीजी ५७ जिपियु रहेको छ जसले फ्ललेस युजर एक्सपेरियन्स प्रदान गर्ने कम्पनीको दावी छ । 

    यस जिपियुले मेशिनलर्निंगको लागि ६० प्रतिशत सुधार, ३० प्रतिशत बढी पर्फमेन्स डेन्सिटी र ३० प्रतिशत बढी राम्रो इनर्जीको इफिसियन्सीको साथपावर एक्सपेरियन्सलाई वृद्धि गर्दछ ।

    सुधारिएको ल्याटेन्सीको साथउपकरणले अधिक विश्वासनीयता प्रदान गरेको छ । दु्रतगति र उन्नत टेक्नोलोजीको संयोजनका साथ यो उपकरणले प्रयोगकर्ताहरुको लागि निजी र सुरक्षित डिभाइस इन्टराक्सन प्रदान गर्दछ र यसको ७ न्यानोमिटर ५जी अल्ट्रा सेभका साथ ९० प्रतिशतको पावर कन्जम्सनको खपतलाई कम गर्दछ । 
    गेम खेल्दा अगावै लोड हुन दिनका लागि यस उपकरणमा युएफएस २.२ को फ्लास मेमोरी सुसज्जित रहेको छ जसले युएफएस २.१ र छिटो गेम लोडिंगको समय भन्दातीन गुणा छिटो अनुभव प्रदान गर्दछ । 

    स्मार्ट डाइन्यामिक डिस्प्ले र डिजाइन
    १६.५१ सेन्टिमिटर(६.५)को स्क्रिनको साथफूलहाई–डेफिनिसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदानगर्दै पोको एम ३ प्रो स्मार्ट डाइन्यामिक डिस्प्ले र ९० हट्र्जको रियालिटी फ्लोको साथ आउँदछ । 

    सामान्य हाई रिफ्रेस रेट डिस्प्लेको विपरित स्मार्ट डिस्प्लेले कन्टेन्ट फ्रेम रेटलाई चिन्न र एक स्मुथल्याग–फ्रिएक्सपेरियन्सको लागि कन्टेन्ट फ्रेमलाई मिल्दो प्रदर्शन गर्ने रिफ्रेस रेटलाई परिवर्तन गर्दछ ।  

    यसले स्मुथएक्सपेरियन्स र अधिकतम ब्याट्री प्रयोगको ग्यारेन्टी प्रदान गर्दछ । यो डुअल ३६० डिग्री लाइट सेन्सर सेटअपको साथ आउँदछ जसले चकलाई ४०९६वटा भिन्न स्टरमा डिटेक्ट र एड्जस्ट गरेर प्राकृतिक, स्मार्ट र सटीक तरिकामा समायोजितगर्न सक्दछ । यसले गर्दा आँखामाजोड कम पर्दछ र पेपर टेक्स्चर रिडिंग मोडको माध्यमबाट पढ्दा खेरि आरमादायक बनाउन मद्दत गर्दछ ।

    पोको एम ३ प्रो पिद्दआइ र कनिंग®गोरिल्ला®ग्लास द्वारा सुरक्षितगरिएको स्प्लाशप्रुफ डिजाइनको साथ आउँदछ जसले क्यामेरामा स्व्रmाचआउन र झर्नबाट बचाउँछ । 
    वास्तविक दर्शक रहेको पोको एम ३ प्रो ले यसको डुअल–टोन डिजाइनको साथ एक अद्वितीय रस्ट्यान्ड–आउट अनुभवको प्रदानगर्दछ र यो तीन वटा रंगको भेरियन्टमा उपलब्ध छः पावर ब्ल्याक, कुल ब्लु र सबै फ्यानहरुले मन पराउने पोको यल्लो ।

    ४८ एमपीको स्टनिंग ट्रिपल क्यामेरा एरे

    ४८ एमपीको ट्रिपल क्यामेराले सुन्दर र तीखा विवरणहरुको साथ आकर्षक चित्रहरु क्याप्चर गर्दछ । पोको एम ३ प्रो ले अधिक भिभिड मिडियाको लागिविभिन्नमोडहरु प्रस्तुतगर्दछ जसमा नाइट मोड, स्लो मोड, मल्टिपल टाइम–ल्याप्स मोड र क्लोन फोटो समावेश छन् । 

    यो म्याव्रmो क्यामेराको साथ आउँदछ जसले विवरणहरुलाई क्याप्चर गर्दछ । यसमा डेप्थ सेन्सर पनि रहेको छ जसले प्रयोगकर्ताहरुलाई मनमोहक पोटे«ट र स्टनिंग तस्बिरहरु कब्जा गर्न मद्दत पुर्याउँछ । 

    शक्तिशाली ५००० एमएएच ब्याट्री

    पोको एम ३ प्रो ले विशाल ५००० एमएएच ब्याट्रीको फिचर गर्दछ जसले प्रयोगकर्ताहरुलाई घण्टौँको लागि अडियो भिजुअल मनोरन्जनको प्रदान गर्ने कम्पनीले जनाएको छ । 
    यसको नर्मल युजेजका साथ ब्याट्री सजिलै दुई दिन भर टिक्छ जसले प्रयोगकर्ताहरुलाई आफ्नो ब्याट्री लेभलको चिन्ता लिनुपर्दैन भन्ने कुरा सुनिश्चित गरेर युजर–फ्रेन्डली अनुभवको प्रदान गर्दछ ।

    यसलाई दैनिक उपयोगको लागि आदर्श साथी बनाउनका लागि यो उपकरणमा २२.५ वाटको फास्ट चार्जर रहेको छ जुन १८ वाटको फास्ट चार्जिंग सपोर्टकय साथ उपलब्ध रहेको छ ।

    मूल्य र उपलब्धता 
    पोको एम ३ प्रो अथोराइज्ड स्टोर, अनलाइन र रिटेल पाटर्नरहरुमार्फत खरिद गर्न सकिनेछ । यो पोको यल्लो, पावर ब्ल्याक र कुल ब्लु गरी तीन ओटा रंगको भेरियन्टमा उपलब्ध हुनेछ । नेपाली बजारमा ४ जीबीं६४ जीबी क्षमता भएको पोको एम ३ प्रोको शुरुवाती मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

    साताको लोकप्रीय