आजदेखि पाल्पा-बुटवल सडक दैनिक सात घण्टा बन्द

आजदेखि पाल्पा-बुटवल सडक दैनिक सात घण्टा बन्द

अर्थ डबली
मंगलवार, मंसिर २८ २०७८
अर्थ डबली
मंगलवार, मंसिर २८ २०७८ (अर्काइभ बाट)
  • आजदेखि पाल्पा-बुटवल सडक दैनिक सात घण्टा बन्द

    पाल्पा /  पाल्पा बुटवल सडक खण्ड आज (मंगलबार) देखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।

    images
    images

     सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक सात घण्टा बन्द हुने भएको हो ।

     सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।

    चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा-झुम्सापुल र कालीमाटी-गौडेपुलसम्म काम भइरहेको छ ।

    साताको लोकप्रीय