२४ घण्टामा थपिए १२ हजार बढी संक्रमित, निको हुने र मृत्यु हुनेको संख्या कति ? 

२४ घण्टामा थपिए १२ हजार बढी संक्रमित, निको हुने र मृत्यु हुनेको संख्या कति ? 

अर्थ डबली
बिहिवार, माघ ६ २०७८
अर्थ डबली
बिहिवार, माघ ६ २०७८ (अर्काइभ बाट)
  • २४ घण्टामा थपिए १२ हजार बढी संक्रमित, निको हुने र मृत्यु हुनेको संख्या कति ? 

    काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा २७ हजार ४९७ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो संख्या हालसम्मकै बढी हो । 

    images
    images

    त्यसैगरी यस अवधिमा ६४९ जना कोरोना संक्रमित निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ भने ८ लाख १८ हजार ८०९ जना कोरोना संक्रमित निको भइसकेका छन् । 

    हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितहरूको संख्या ५७ लाख ३२८ जना रहेको छ भने कोरोना निको हुने दर ९२.२ प्रतिशत रहेको छ भने १२५ जना क्वारेन्टिनमा रहेका छन् । त्यस्तै, हालसम्म ८ लाख ८७ हजार ७६९ जना पिसिआर र एक लाख ८ हजार ११९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । 

    थप समाचार :-

    त्रिविविका सबै परीक्षा स्थगन :-

    News kamana.JPG
    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले सञ्चालन भइरहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । विश्वविद्यालयको आजको बैठकले यही माघ ९ गते आइतबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । 

     “विश्वविद्यालयअन्तर्गत हाल सञ्चालन भइरहेका अधिकांश परीक्षा सम्पन्न भइसकेका, केही परीक्षा सम्पन्न हुने क्रममा र सञ्चालनको पूर्व तयारी अवस्थामा रहेको तथा विश्वव्यापी रुपमा फैलिएको ओमिक्रोन भेरियण्टको तीव्र सङ्क्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत सङ्क्रमित भएका कारण त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आजको बैठकले वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा स्थगन गर्ने निर्णय गरिएको छ” त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुारा जारी सूचनामा उल्लेख छ ।

    साताको लोकप्रीय