सातै प्रदेशमा ‘प्रादेशिक उद्यमशिलता परिसंवाद’ आयोजना हुँदै, यस्ता छन् छलफलका विषयहरू   

सातै प्रदेशमा ‘प्रादेशिक उद्यमशिलता परिसंवाद’ आयोजना हुँदै, यस्ता छन् छलफलका विषयहरू   

अर्थ डबली
मंगलवार, फागुन १० २०७८
अर्थ डबली
मंगलवार, फागुन १० २०७८ (अर्काइभ बाट)
  • सातै प्रदेशमा ‘प्रादेशिक उद्यमशिलता परिसंवाद’ आयोजना हुँदै, यस्ता छन् छलफलका विषयहरू   

    काठमाडौँ / प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र विशाल फाउन्डेसनको संयुक्त आयोजनामा प्रादेशिक उद्यमशिलता परिसंवाद हुने भएको छ ।

    images
    images
    images

    व्यवसायका प्राथमिकता र क्षेत्रहरू, पछिल्लो समय उद्यम व्यवसायमा परेको नकारात्मक प्रभाव र प्रदेशको आर्थिक सवलीकरणका सम्बन्धमा सरकार र नीजि क्षेत्रबीचको उच्चस्तरको परिसंवाद आयोजना हुन लागेको हो ।

    कोभिड-१९ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको पहिचान गरी सरकार, निजि क्षेत्रसहितका साझेदार निकायको संयुक्त संवादबाट आर्थिक पुनःउत्थानको मोडेल र विषयहरू घोषणा पत्रमार्फत सार्वजनिक गर्न र कार्यान्वयनका लागि निरन्तर लविङ् गर्नका लागि परिसंवाद आयोजना गर्न लागिएको परिसंघका अध्यक्ष एवं बरिष्ठ उद्यमी विष्णु कुमार अग्रवालले जानकारी दिए । 

    सोमबार नेपाल उद्योग परिसंघको केन्द्रीय कार्यालय थापाथलीमा प्रादेशिक उद्यमशिलता परिसंवाद आयोजना गर्नका लागि नेपाल उद्योग परिसंघ र विशाल फाउण्डेसनबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उद्यमीका मुद्दाहरुलाई तीनै तहको बजेट अगाडि नै सरकार समक्ष प्रस्तुत गरिने परिसंघका अध्यक्ष अग्रवालले बताए । 

    यस्तै विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले अहिलको आवश्यकता भनेको प्रदेश तथा स्थानिय तहका उद्यमीहरूको प्रर्वद्धन गर्नु रहेको र यो परिसंवादले निश्चय पनि प्रादेशिक स्तरमा उद्यमशिलता प्रर्वद्धन गर्न र युवा जमातलाई उद्यशिलतामा एकिकृत गर्नका लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । 

    यो परिसंवादबाट उद्योगी व्यवासायीहरूको समस्या र चुनौतीलाई पहिचान गर्दै तीनै तहका सरकारले साना, घरेलु, मझौला तथा ठुला उद्योगी व्यवसायी कसरी सम्बोधन गरेका छन र आगामी नीति तथा योजनाहरुलाई कसरी उद्योगी व्यवसायीमैत्री बनाउने भनि सरकारलाई सुझाव दिने उद्देश्य सहित यो परिसंवाद आयोजना गर्न लागिएको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिए । 

    विशाल फाउन्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले सम्बन्धित प्रदेश सरकारको समेत आयोजना हुने उद्यमशिलता परिसंवाद चैत्र मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको र परिसंवादमा भौतिक रूपमा २५० जना र २ हजारभन्दा बढी सरोकारवालाहरू जुम र फेसबुक लाइभ मार्फत सहभागी हुने जानकारी दिए । 

    परिसंवादमा प्रदेश भित्र कोभिडपछिको अर्थतन्त्र, आर्थिक पुनःउत्थानको रोडम्याप, डिजीटल अर्थतन्त्र र डिजिटल नेपाल फ्रेमवर्क, स्टार्टअप उद्यमका अवसर, महिला उद्यमशिलता, रोजगारी, कृषि र पर्यटन क्षेत्रमा नेपालको सम्भावना, दिगो विकासका लक्ष्य प्राप्ति लगायतका ५ देखि ७ वटा सेसनहरू रहने छन ।

    परिसंवादमा संघीय सरकारका मन्त्री, मुख्यमन्त्री, प्रदेशका आर्थिक मामिला र उद्योगमन्त्री, सचिव र योजना आयोगका उपाध्यक्षहरू, निजि क्षेत्रका वरिष्ठ उद्यमीहरू सहभागी हुने भएकाले प्रादेशिक संरचना भित्र व्यवसाय विस्तार गर्न चाहनेका लागि यो सम्मेलन उपलब्धी मुलक रहने नेपाल उद्योग परिसंघले जनाएको छ ।

    साताको लोकप्रीय