गुहेश्वरी मर्चेन्टको ७.३७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस शेयर कति ? 

गुहेश्वरी मर्चेन्टको ७.३७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस शेयर कति ? 

अर्थ डबली
बुधवार, पुस ६ २०७९
अर्थ डबली
बुधवार, पुस ६ २०७९ (अर्काइभ बाट)
  • गुहेश्वरी मर्चेन्टको ७.३७ प्रतिशत लाभांश घोषणा, नगद र बोनस शेयर कति ? 

    काठमाडौँ / गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ।

    images
    images

    फाइनान्स कम्पनीको को पुस ५ गते मंगलबार अपरान्ह ३:३० बजे बसेको सञ्चालक समितिको २४५ औँ बैठकले सेयरधनीहरुलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

    हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी ९५ करोड ४ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ६ करोड ६५ लाख २८ हजार रूपैँया बराबरको बोनस शेयर र ३५ लाख १ हजार ४७३ रूपैँया बराबरको नगद लाभांश वितरण गर्ने तयारी कम्पनीले गरेको हो ।

    प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब एक करोड पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । प्रस्तुत लाभांश २१ औ वार्षिक साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् ।

    newsgmbf.JPG

    साताको लोकप्रीय