इ–सेवामार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दै, अझै नयाँ सुविधा थप 

इ–सेवामार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दै, अझै नयाँ सुविधा थप 

अर्थ डबली
आइतवार, पुस २४ २०७९
अर्थ डबली
आइतवार, पुस २४ २०७९ (अर्काइभ बाट)
  • इ–सेवामार्फत अन्तर्राष्ट्रिय गन्तब्यका टिकट काट्नेको संख्या बढ्दै, अझै नयाँ सुविधा थप 

    काठमाडौँ / नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इ–सेवाबाट अन्तर्राष्ट्रिय गन्तब्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ। 

    images
    images

    पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इ–सेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इ–सेवाको मोबाइल एप्समार्फत टिकट काट्न थालेका कम्पनीको भनाइ छ। 

    नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दे आएको कम्पनीले अन्तर्राष्ट्रिय उडानहरूको समेत टिकट बिक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको बताएको छ। 

    इ–सेवाको सेवामार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इ–सेवामार्फत कुनैपनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सक्नेछन्। 
    इ–सेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवात देखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तब्यको सुविधा दिइसकेको छ। 

    इ–सेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ। 

    देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन्। 

    साताको लोकप्रीय