‘नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक’

‘नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक’

अर्थ डबली
बुधवार, माघ ११ २०७९
अर्थ डबली
बुधवार, माघ ११ २०७९ (अर्काइभ बाट)
  • ‘नीति, नियम कसरी लागू भए भन्नेबारे समीक्षा गर्न आवश्यक’

    काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । 

    images
    images

    जिल्ला समन्वय समिति महासङ्घ, नेपालको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सङ्घीयताका विषयमा चर्चा हुँदै गर्दा निर्माण गरिएका नीति, नियम व्यवहारमा कसरी लागू भए भन्ने कुराको पनि समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । 

    “कुनै पनि कुराको निर्माण गर्ने काम र त्यसलाई व्यवहारमा कसरी लागू गर्न सक्यौँ ? व्यवहारमा लागू गर्ने क्रममा कस्ता खालका प्रयत्न भए ? ती कुराको प्रभाव के हुन् भन्ने कुराको समीक्षा गर्नुपर्छ”, उनले भने । 

     सभामुख घिमिरेले भने, “जननिर्वाचित प्रतिनिधिको संस्था जिल्ला समन्वय समिति महासङ्घ, नेपाललाई कसरी प्रभावकारी पार्न सकिन्छ, एउटा–जिल्लाका लागि बनेका एकाइलाई राष्ट्रिय रुपमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा नवनिर्वाचित पदाधिकारीले ध्यान दिनु हुनेछ । अहिले समन्वयकारी भूमिकामा रहेका जिल्ला समन्वय समितिको भूमिका कार्यकारी बनाउने क्रममा अहिलेका कार्यसमिति र विगतका पदाधिकारीले फराकिलो ढङ्गले सोच्नुहुनेछ भन्ने अपेक्षा छ ।” 

    स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले नाम मात्रैको समन्वयकारी भूमिका दिइएको जिल्ला समन्वय समितिलाई जनताको दैनिकीसँग जोडिने गरी कार्यकारी भूमिका दिएर क्रियाशील गराइनुपर्ने र यसका लागि नीतिगत रुपमै व्यवस्था गर्नुपर्नेमा जोड दिए । गत पुस २२ गते पोखरामा भएको महाधिवेशनले राजन मेहेताको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति चयन गरेको थियो । मेहेता जिल्ला समन्वय समिति सुनसरीका प्रमुख हुन् । 

    साताको लोकप्रीय