पदमुक्त भएपछि रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

पदमुक्त भएपछि रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • पदमुक्त भएपछि रविले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

    काठमाडौँ / सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।

    images
    images

    शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् ।

    शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गैरनागरिक ठहर गरेपछि लामिछानेको ३२ दिनमै पदमुक्त भएका छन् । 

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

    अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर गरेको छ ।

    साताको लोकप्रीय